प्रधनमन्त्री ओलीबाट मदन भण्डारीकी छोरी उषाले पाइन्  यति ठुलो जिम्मेवारी !

काठमाडाैं । प्रधानमनत्री केपीशर्मा ओलीले राजनीतिमा सक्रिय नै नरहेकी राष्ट्रपति विद्या भण्डारीकी छोरी उषाकिरण भण्डारीलाई अखिल नेपाल महिला संघको केन्द्रीय समितिमा चयन गरेका छन ।

राजनीतिशास्त्रकी विद्यार्थी उषाकिरण यसअघि तत्कालिन एमाले सम्बद्ध महिला संघको विदेश विभागमा रहेर काम गरे पनि पूर्ण रुपमा राजनीतिमा थिइनन् ।विद्या भण्डारी राष्ट्रपति भएपछि उनी मदन भण्डारी फाउण्डेशनको अध्यक्ष छिन् ।

पार्टीको भगिनी संगठनको केन्द्रीय समितिमा प्रतिनिधित्वसँगै नेकपामा मदन भण्डारी तथा विद्या भण्डारीको उत्तराधिकारीको औपचारिक प्रवेश भएको छ । उषाकिरणलाई अखिल नेपाल महिला संघमार्फत पार्टीको केन्द्रीय राजनीतिमा स्थापित गर्न खोजिएको नेकपा स्रोतले जनाएको छ ।

भण्डारीले पनि मंगलबार सपथग्रहण गरेकी छन् । मदन भण्डारीको परिवारबाट राजनीतिमा स्थापित हुन लागेकी उषाकिरण पहिलो सदस्य हुन् । उनकी काकी उर्लाबारी नगरपालिका मोरङको उपमेयर छिन् भने मदन भण्डारीका भाइ प्रेम भण्डारी २ दशकअघि एमाले हुँदै मालेको राजनीतिमा लागे पनि पछिल्लो समय उनी सक्रिय राजनीतिमा छैनन् ।

राष्ट्रपति विद्या भण्डारीकी छोरी उषाकिरणलाई अखिल नेपाल महिला संघको केन्द्रीय समितिमा चयन गरेसँगै नेकपाभित्र खैलाबैला सुरू भएकाे छ । पार्टीनिकट संगठनका केहि महिला नेतृहरूले असन्टुष्टी समेत जनाएकाे एक नेताले बताए ।

केहिले भने उषाकिरणले सक्रिय राजनीतिमा आउन चाहेपछि स्थान दिइएकाे भन्दै समर्थन पनि गरेका छन् । नेकपाले गोमा देवकोटा इन्चार्ज र अमृता थापा संयोजक रहेको ४७५ सदस्यीय अखिल नेपाल महिला संघको केन्द्रीय समितिमा पूर्वएमाले पक्षबाट ५५ प्रतिशत र पूर्व माओवादी पक्षबाट ४५ प्रतिशत प्रतिनिधित्व रहेको बताइएकाे छ ।

पार्टीको भगिनी संगठन अखिल नेपाल महिला संघको केन्द्रीय समितिको सपथ ग्रहण समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्रीओलीले नेकपाका महिलाहरुलाई समावेशीता होइन समानताको मुद्दा उठाउन आग्रह गरेका छन् । उनले महिलाका सबै माग पार्टीभित्रैबाट पूरा हुने बताए ।

ओलीले भने, ‘३३ प्रतिशत प्रतिनिधित्वको कुरा बाहिर गएर होइन पार्टीभित्रै छलफल गरेर पूरा हुन्छ । हामीले ३३ प्रतिशत समावेशी प्रतिधित्वको कुरा होइन समानताको कुरा गरेका छौं । कम्तीमा ५० प्रतिशत महिला नेतृत्वको कुरा गर्नुस् । तपाईहरुले समावेशी होइन समानताको मुद्दा उठाउनुस् सम्भव छ ।’

प्रधानमन्त्री ओलीले महिलालाई राष्ट्रपति र सभामुख बनाउने नेकपा एउटामात्रै पार्टी भएको भन्दै महिलाको समतामूलक प्रतिनिधित्व पार्टीले गराइरहेको बताए । महासचिव विष्णु पौडेलले ४७५ सदस्यीय महिला संघ केन्द्रीय समितिका पदाधिकारी र सदस्यलाई सपथग्रहण गराएका थिए । प्रधानमन्त्री ओलीले आगामी निर्वाचनमा नेकपालाई दुई तिहाइ ल्याउन कसैले नरोक्ने बताएका छन् ।

शपथ ग्रहण समारोहमा ओलीले सरकारले विकास निर्माणलाई गति दिएकाले अर्को निर्वाचनमा दुई तिहाइ ल्याउनबाट नेकपालाई कसैले रोक्न नसक्ने बताए।सरकारले केही गरेन भनेर फैलाउन खोजिएको भ्रमले असर नपर्ने प्रधानमन्त्रीले उल्लेख गरे।

‘म खुलारुपमा भन्न चाहन्छु, अब नेकपाले दुई तिहाइ ल्यायो, ल्यायो। कसैले रोकेर रोकिँदैन। रोक्नका लागि तयारी गर्नुछ भने लागे हुन्छ,’ उनले भने।

प्रकाशित मिति February 5, 2020

हामीलाई फेशबुकमा लाइक गर्नुहोस