कृष्ण र रुपा आफुजस्तै पीडितहरुलाई सहयोग गर्दै सम्मान सोरुप एक शेयर गर्नुहोस

काठमाडौं ।

केही महिना अघि सम्म कृष्ण वली र रुपालाई सहयोग गर्न हजारौं नेपालीहरु एक भएका थिए । उनीहरुको घरमा थुप्रै नेपालीहरुको जमघट हुन्थ्यो । देशविदेशमा बस्ने नेपालीहरुले उनीहरुलाई आर्थिक सहयोग गरेका थिए । अहिले कृष्ण वली आफै हिड्न सक्ने भएका छन् । उनी आफु हिड्ने मात्र होइन अरुलाई सहयोग समेत गर्न सक्ने भएका छन् । यतिबेला कृष्ण वली र रुपा अरुलाई सहयोग गर्न बुटवल पुगेका छन् ।

वुटवलका एक युवा वैदेशिक रोजगारीका लागि बाहिर थिए । कामको शिलशिलामा रहेका बेलामा उनको शरिरमा समस्या आयो । शरिर झमझमाउने भएपछि उनी उपचारका लागि नेपाल आए । नेपाल आएपछि उनले चिकित्सकलाई देखाए ।
चिकित्सकले उनलाई क्यान्सर भएको बताए । तर उनीहरुको आर्थिक हैसियत त्यसको उपचार गर्न सक्ने थिएन । साउदीमा रहेका उनलाई कामको शिलशिलामा उहाँ नै समस्या देखिएको थियो । विदेशमा रोग पत्ता नलागेपछि उनी नेपालमा आएर उपचार गर्दा क्यान्सर भएको पत्ता लागेको हो ।

काठमाडौं स्थित अन्नपुर्ण न्युरो अस्पतालमा उपचारार्थ उनी पैसा नभएपछि फेरी घर फर्किए । पैसा नभएकै कारण अस्पतालवाट उनी घर फर्केका थिए। उनको दुईवटा खुट्टा चल्दैनन् । श्रीमती २० वर्षकी छन् । उनीहरुको एउटा सन्तान छ । श्रीमानको यस्तो अवस्था भएपछि उनको श्रीमतीको आँखा ओभाएका छैनन् । उपचार गर्दा धेरै ऋण लागिसक्यो ।त्यो पनि तिर्न नसक्ने अवस्थाका उनीहरुलाई थप उपचार गर्न नसक्ने भएपछि त्यसै घर बस्न थालेका थिए ।

एक जना नेपाली जो भारतमा बस्थे ।उनी टिकारामले नै यि युवाका लागि उपचार खर्च जुटाउन आर्थिक संकलनको अभियान सुरु गरेका छन् । ति उनै टिकाराम हुन् जसले कृष्ण वलीका लागि पनि सहयोग जुटाएका थिए ।

प्रकाशित मिति February 4, 2020

हामीलाई फेशबुकमा लाइक गर्नुहोस