no-image

पोखरा । पोखरासहितका ठाउँमा पछिल्ला केही दिनयता घाम लागे पनि बढी चिसो महसुस गरिएको छ । एक सातादेखि दिनहुँजसो घाम लागे पनि खासगरी बिहान/बेलुका बढी चिसो महसुस गरिएको छ ।

राती आकाश खुलेको तथा उत्तरपश्चिम हिमालबाट हावा आएकाले अधिकतम तापक्रम घट्दा चिसो बढेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यस्तै हिमालबाट बहेको हावा र न्यूनतम तापक्रम बढे पनि अधिकतम तापक्रम घट्दा चिसो भएको जनाइएको छ ।

पहाडी क्षेत्रको मौसम एकैछिन खुल्दै बादल लाग्नेछ भने पश्चिम तराईमा लागेको कुहिरो दिउँसोपछि मात्रै हट्ने भएकाले चिसो रहिरहनेछ । अन्य ठाउँको मौसम भने सामान्यतया सफा नै रहने मौसमविद्ले बताएका छन् ।

प्रकाशित मिति January 26, 2020

हामीलाई फेशबुकमा लाइक गर्नुहोस