no-image

काठमाडौ ।

नेपालीहरू अवैध माध्यमबाट अमेरिका प्रवेशपछि पासपोर्ट फालेर शरणार्थीका रूपमा बस्न खोज्ने प्रवृत्ति नयाँ होइन । मेक्सिकोको सीमाबाट त्यसरी अवैध रूपमा छिरेर अमेरिका गएर लुक्ने नेपालीको संख्या ठूलो छ । नेपाली अमेरिका गएर लुक्ने मात्र होइन, कतिपय अमेरिकीसमेत लुकिछिपी नेपालमा बस्ने गरेको पाइएको छ । पासपोर्ट फालेर यसरी नेपालमा बस्दै आएका एक अमेरिकी नागरिक सोमबार काठमाडौंमा पक्राउ परेका छन् ।

उनी अवैध रूपमा नेपालमा बस्दै आएको र पासपोर्टसमेत नभेटिएको अध्यागमन विभागका अधिकृत वैकुण्ठ रेग्मीले बताए । यसरी नेपालमा अवैध रूपमा लामो समय बस्ने उनी एक्ला अमेरिकी होइनन् । सन् २०१९ मा नेपालमा भिसाको अवधि सकिएर अवैध रूपमा बस्दै आएका २३ जना अमेरिकी नागरिकलाई सरकारले निष्कासन गरेको छ । एक वर्षमा नेपालमा पर्यटकहरूले एक सय ५० दिन बस्न पाउँछन् । अमेरिकासँग भिसा पारस्पारिकताका आधारमा

एक सय ८० दिनसम्म बस्न पाउँछन् । त्योभन्दा लामो अवधि बसेकालाई मात्र अध्यागमन विभागले जरिवाना गरेर निष्कासन गर्छ । सन् २०१९ मा नेपालबाट निष्कासित हुने विदेशीमा तेस्रो स्थानमा अमेरिकी छन् । पहिलो स्थानमा चिनियाँ र दोस्रो स्थानमा इरानी भएको अध्यागमन विभागले जनाएको छ । नेपालमा बसेर कानुन मिच्ने विदेशी नागरिकमाथि कारबाही बढाइएको विभागका महानिर्देशक पौडेलले बताए । उनी भन्छन्,

विकसित देशका नागरिकसमेत नेपालमा वर्षौँदेखि अवैध रूपमा बस्दै आएको पाइयो उनी भन्छन, त्यस्ता विदेशीमाथि हामीले निगरानी बढाएका छौँ । यो समाचार आजको नयाँ पत्रिका दैनिकमा नवराज मैनालीले लेखेका छन् ।

प्रकाशित मिति January 23, 2020

हामीलाई फेशबुकमा लाइक गर्नुहोस