no-image

काठमाडौ ।।

सरकारले सडक सवारी तथा यातायातको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७६ मा जथाभावी सडक काट्ने यात्रुलाई एक हजार रुपैँया जरिवाना प्रस्ताव गरेको छ । मस्यौदामा ट्राफिक प्रहरीको इसारामा उल्लंघन गरेमा तीन हजार, निषेधित क्षेत्रमा हर्न बजाएमा दुई हजार, मोबाइल प्रयोग गरी सवारी चलाएमा पाँच हजार, सडक अनुसाशन उल्लंघन गर्ने पैदल यात्री यात्रुलाई एक हजार,

मादक पदार्थ सेवन(मापासे) गरी सवारी चलाएमा पाँच हजार तर त्यस्तो सवारी सार्वजनिक सवारी भएमा १० हजार रुपैँया जरिवाना लिने व्यवस्था गरेको छ । त्यसैगरी मिटर ट्याक्सीले मिटरमा जान नमानेमा १५ हजार रुपैँया जरिवाना प्रस्ताव गरिएको छ । विधेयक प्रावधान लागू भएमा मध्यम र लामो दूरीमा यात्रा गर्ने सबै यात्रुले अनिवार्य रुपमा सुरक्षा पेटी बाँध्नुपर्नेछ । लामो र मध्यम दूरीमा सवारी

दुर्घटना बढ्दै गएपछि सरकारले सो व्यवस्था गर्न लागेको जनाएको समाचार आजको नेपाल समाचारपत्रमा छापिएको छ ।

प्रकाशित मिति January 22, 2020

हामीलाई फेशबुकमा लाइक गर्नुहोस