no-image

पाेखरा २४ पुस

अहिलेकाे बर्ष सबैभन्दा बढि जाडाे भएकाे बर्ष हाे । पुषको जाडो न त शरिर ढाक्ने कपडा छ न त भोक मेटाउने खानेकुरा नै, देख्दै टिठलाग्दो अबस्थामा मोरङको केराबारीमा दुई बालिकाहरु भौतारिरहेका छन । मोरङको केराबारी गाँउपालिका वडा नम्बर २ सिंहदेबी फाङ्दुवाका यी दिदिबहिनीहरु दुःख र अभावमा जीवन ब्यतित गर्न बाध्य भएका छन । उनीहरुका बुबाको मृ त्य भईसकेको छ भने आमा आखा देख्दिन्न ।

खान लाउन त समस्या छदैछ, जाडोमा उनीहरु एकसरो लुगाको भरमा बस्न बाध्य भएका छन । उनी दुबैजना आँखा राम्रोसँग देख्दैनन् उनहरुकी एकजना दिदि पनि छन् उनी पुरै अपांग छिन । उनीहरुको परिवार पिडामा रहेका छन । उनीहरुको मार्मिक तस्विर सामाजिक सञ्जालमा राख्दै लेटाङकी समाजसेबी शान्ति लामाले सहयोगका लागी अनुरोध समेत गरेकी छिन ।

प्रकाशित मिति January 9, 2020

हामीलाई फेशबुकमा लाइक गर्नुहोस