सुजाता कोइरालाले नेपालका कालापानी लिपुलेक र लिम्पियाधुरा भारतलाइ लिजमा दिनुपर्ने धारणा राखेकी छिन

मुख प्रतिपक्षी दल नेपाली कांग्रेसकी केन्द्रीय सदस्य तथा पूर्व उपप्रधानमन्त्री सुजाता कोइरालाले नेपालका कालापानी लिपुलेक र लिम्पियाधुरा भारतलाइ लिजमा दिनुपर्ने धारणा राखेकी छिन् आइत बार राति ८ः०० बजे प्राइम टाईम्स टेलिभिजनबाट प्रशारण हुने ।

जनता जान्न चाहन्छन् कार्यक्रममा धमलासँग कुरा गर्दै । नेतृ कोइरालाले यस्तो कुरा बताएकी हुन् उनले भनिन्नेपालका कालापानी लिपुलेक र लिम्पियाधुराको सीमा मिचिएको कुरा छ यसको बारेमा झगडा र गाली गरेर वा पुत्ला जलाएर समस्याको समाधान हुँदैन् । यसको लागि दुवै पक्षबीच वार्ता गर्नुपर्छ ।

नेपाल सरकारको तर्फबाट जुन पहल हुनुपर्दथ्यो त्यो भएको छैन कालापानी लिपुलेक र लिम्पियाधुरा भारतलाई लिजमा दिनुपर्यो  उनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारत–बंगलादेशबीचको समस्या समाधान कुशलतापूर्वक गरेको सुनाईन् उनले भनिन भारतसँग नेपालले यी भूमी फिर्ता गराउन सक्दैन ।

त्यसैले नेपालले पनि भारत र चीनसँग कुनै ठाउँको जमिन लिएर हुन्छ । भने समस्याको समाधान गर्नुपर्छ । हाम्रो लिपुलेक कालापानी र लिम्पि याधुरा भारतलाई लिजमा दिने र उनीहरुको जमिन हामीले लिने (साटासाट) गरेर जानुपर्छ उनले अहिले कांग्रेसको भारतसँगको सम्बन्ध बिग्रेको टिप्पणी गरिन् ।

उनले भनिन्भारतसँग राम्रो सम्बन्ध बनाउनुपर्छ भनेर हिँड्ने । मान्छे हाम्रो पार्टीमा भारतसँग मिलाउने व्यक्ति पनि मै हुँ तर पार्टीले मलाई कुनै जिम्मेवारी दिएन् ।उनले पार्टी सभापति शेरबहादुर देउवा असफल सभापति भएको पनि आरोप लगाईन् । उनले सभापति देउवा र बरिष्ठ नेता रामचन्द्र पौडेल अब अभिभावक भएर बस्नुपर्ने ।

सुझाव दिईन् उनले भनिन्अब पार्टीको नेतृत्वमा नयाँ पुस्ता र नयाँ फेश आउनुपर्छ पछिल्लो समय सभापति देउवाले गल्ती गरेको पनि उनको आरोप छ उनले थपिन्उहाँले पेलेर लैजान खोज्नुभयो । यो गलत हो । रामचन्द्र पौडेल समूहपनि केन्द्रिय समितिको बैठकमा जानुपर्छ ।

उहाँहरुले पनि आफ्नो कुरा केन्द्रिय समितिको बैठकमा राख्नुपर्छ । सभापतिले पनि छलफलको लागि नेताहरुलाई बोलाउनुपर्छ । हामी पनि जानुपर्छ । म त जाने तयारी छु । त्यहीँ गएर कुरा राख्छु रिपोर्टस नेपालको सहयोगमा हिमाल पोस्ट बाट साभार

नोट: हामिले केही महिना अगाडि 06/01/2020 प्रकाशन गरेको समाचार हालको बेथिति सँग मिल्दोजुल्दो भइ सामाजिक सञ्जालमा 11/05/2020 फेसबुुक ग्रुपहरुमा एकाएक सेयर भइरहेको हुँदा, यसबाट सम्बन्धित व्यक्तिमा पर्न गएको असरप्रती साथीखबर डट कम परिवार दुखी हुँदै क्षमा चाहन्छौं । -सम्पादक

प्रकाशित मिति January 6, 2020

हामीलाई फेशबुकमा लाइक गर्नुहोस