सल्यान । नेपाल विश्वका मानिसले स्व’र्ग भनेर कल्पना भन्दा कम छैन । यहाँ हरेक स्थानमा दुनियाँ म’न्त्रमुग्ध हुने स्थानहरु छन् । यही मध्य एक हो सल्यान जिल्लाको प्रमुख पर्यटकीयस्थल कुपिन्डे ताल । यो अत्यन्तै मनोरम छ ।यस क्षेत्रमा पाइने लो’पोन्मुख वन्यजन्तु पानी ओत पनि निक्कै ठुलो महत्व रहेको छ ।
बढदो चो’री सि’कारी र सरकारी निकायको बे’वास्ताका कारण लो’प हुँदै गएको यो बन्यजन्तु सं’रक्षण गर्ने हो भने यसैलाई हेर्नपनि लाखौँ मानिस आउनेछन् । किनकी यो बन्यजन्तु विश्वमा नै लो’प हुँदै आएको छ । प्राकृतिक रुपमा भरीपूर्ण र पर्यटकीय हिसाकमा हेर्न लाएक स्थल हो कुपिण्डे ताल ।
जिल्लाको महत्वपूर्ण पर्यटकीय सम्पदाको रुपमा रहेको कुपिण्डे ताल कुपिण्डे गाविसमा पर्दछ ।जिल्ला सदरमुकाम खलङ्गादेखि २४ किमि पश्चिममा पर्ने यो ताल निकै मनोरम र आकर्षक छ ।चारैतिर पहाडले घेरिएको र बीचमा नीलो पानीले भरिभराउ कुपिण्डे तालले त्यहाँ पुग्ने जो कोहीलाई पनि मो’हित बनाएरै पठाउँछ ।
वरिपरि मिलेका पहाड, हरियो जंगल र बीचमा नीलो आकाशझैं उत्तर दक्षिण फै’लिएको ताल साँच्चिकै प्राकृतिक सौन्दर्यताले भ’रिपूर्ण पर्यटकीय स्थल हो कुपिन्डे ताल ।
प्रकाशित मिति December 31, 2019