गौतम बुद्ध रंगशाला निर्माणलाई अनमोल केसिले गरे ३ लाख नगद सहयोग

काठमाडौं : चितवन भरतपुरमा निर्माणाधीन अन्तर्राष्ट्रिय गौतम बुद्ध क्रिकेट रंगशाला यतिबेला धमाधम निर्माण भइरहेको छ । निर्माण सँगसँगै आर्थिक सहयोग पनि देश विदेशबाट जुटिरहँदा धुर्मुस सुन्तली फाउन्डेसनलाई सदाबहार अभिनेता भुवन केसी र युवा स्टार अनमोल केसिले ३ लाख २० हजार नगद रकम सहयोग गरेका छन ।

टेलि भिजन रियालिटि शो  को बन्छ करोडपती मा सहभागी भएर जितेका रकम बुवा छोराले धुर्मुस सुन्तली फाउन्डेसनको अगुवाइमा निर्माणाधीन अन्तर्राष्ट्रिय गौतम बुद्ध रंगशालालाई सहयोग गरेका हुन् धुर्मुस सुन्तली फाउन्डेसनको लेख जनस्तरबाट निर्माण भईरहेको ‘गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला’ निर्माण । अभियानका लागी चर्चित कलाकार भुवन केसी र अनमोल केसीले ए.पि.वान. टेलिभिजनबाट प्रशारण भएको को बन्छ ।

करोडपतिको पहिलो सिजनमा खेल खेली जित्नुभएको ३ लाख २० हजार रुपैंया सहयोग धुर्मुस सुन्तली फाउण्डेशनलाई प्रदान गर्नुभएको छ । यस सहयोग र यस अभियानमा जोडिनुभएकोमा भुवन केसी र अनमोल केसीलाई हार्दिक धन्यवाद एवम् आभार ब्यक्त गर्न चाहान्छौं राष्ट्र निर्माण, तपाई हाम्रो अभियान

प्रकाशित मिति December 29, 2019

हामीलाई फेशबुकमा लाइक गर्नुहोस