जापान आज दशककै ठुलो आँधीकाे चपेटाबाट गुज्रिदै नेपाली सहित लाखौं मानिसहरु त्रसित

जापानमको नागोया क्षेत्रमा आँधीहुरीको ठूलो प्रभाव अबको क़ेही समयमा पर्ने सूचना छ । सामान्यतया अबको ३ घण्टा पछाड़ी क्रमिकरूपमा यसको प्रभाव बढ़ने भएकोले बेलुकाको काम ६ बजे देखी हुने साथीहरू अली छिट्टै काममा निस्कीनू होला । भोली बिहान ५ बजे सम्म नै यसको असर पर्ने भएकोले राति कामबाट छूटने साथीहरूले (१,२ बजे) सकेसम्म काम गर्ने ठाऊबाट ननिस्किनू होला । निस्क़िनू परेमा पनी आफ़ू सुरक्षित भएको महसूस भए मात्र निस्क़िनू होला ।

ज़िदोंउतेकी (सेन्सरले ख़ूल्ने ढोका) हरूको स्विच बन्द गर्न सकेको खण्डमा क्षतिकम हून सक्छ विशेषगरी कंबिनी (convenience store) मा काम गर्ने साथीहरूले ब्यावस्थापक संग सल्लाह गर्नुहोला, ग़लत अर्थ नलागोस् भर्खर जापान आऊनु भएका साथीहरूले बिशेषगरी यसलाई सामान्य रूपमा नलिनु होला यो मेरो ओकिनावा क्षेत्रमा रहदाको अनुभवले भन्दैछू । अबको क़ेही समय साइकल, मोटर साइकलको प्रयोग नगरौं । छाता भन्दा रेईनकोटको प्रयोग गरौं । साइकल । मोटरसाईकल सुरक्षित ठाऊमाँ राखौं ।

बाहिर सूकाएका कपड़ाहरू छन, भने अहिलेनै भित्र राखौं अरुकूराहरू त धेरै साथीहरूले भनिनै सक्नु भएको छ । यस घड़ीमा हातेमालो गरेर सबैलाई सुरक्षित रहने वातावरण मिलाऔँ हामीले सानो सानो कूरालाई बिर्सिदाँ ठुलो असर भोग्नू पर्ने हून सक्छ,सचेत बनौं,मिलेर बिपत ब्यावस्थापन गरौं । Shiva Neupane, Nagoya (Japan) यो पोस्ट हामिले मनोज गजुरेल को फेसबुक पोस्ट बाट लिएका हौउ सक्दो सियर गरेर सबै माझ पुर्याउन सहयोग गर्नुहोस ।

प्रकाशित मिति October 12, 2019

हामीलाई फेशबुकमा लाइक गर्नुहोस