बस दुर्घटनामा ज्यान गुमाउनेको नाम सहित पूरा विवरण हेर्नुहोस

ब्रेकिङ न्युज: सिन्धुपाल्चोकमा भएको यात्रु बस दुर्घटनामा ज्यान गुमाउनुहुनेको संख्या बाह्र पुगेको छ । साठी जनाभन्दा धेरै घाइते भएका छन् । गम्भीर घाइते भएका तेह्र जनालाई काठमाडौं ट्रमा सेन्टरमा उपचारको लागि पठाइएको छ । र एक्काउन जना धुलिखेल अस्पतालमा उपचार गराइएको सिन्धुपाल्चोकको डिएसपी माधव काफ्लेले जनाकारी दिनुभएको छ । उनका अनुसार अहिलेसम्म ज्यान गुमाउने एघार जनाको सनाखत भएको छ ।

ज्यान गुमाउनु हुनेमा छ जना पुरुष, चार जना महिला र एक जना बालकको सनाखत भएको उहाँले बताउनुभयो । सनाखत हुनेहरूमा काभ्रे घर भएका केदारनाथ महाजु, काभ्रे पाँचखाल नगरपालिकाकी संगीता पुरकोटी, इन्द्रवती नौ का हीरा श्रेष्ठ, सोही ठाउँका विनोद लम्साल र सोही नगरपालिका दश का रितेश आचार्य छन् । अन्य मृतकहरू जुनादेवी लम्साल, सुभाष अधिकारी, गणेश तामाङ, मीना मगर, रितेश आचार्य रहेका छन् ।

एक बालक सुमित पुर्कुटीको पनि सनाखत भएको छ। बा दुई ख सत्ताई पन्द्र नम्बरको बस क्षमताभन्दा धेरै यात्रु बोकेका कारण दुर्घटना भएको प्रहरीले अनुमान गरेको छ । प्रदेश नंबर तिन का सामाजिक विकासमन्त्री युवराज दुलाल ‘शरद’ बस दुर्घटनास्थलमा पुगी घाइतेहरूको अवस्था बुझ्न अस्पताल पुगेका छन्। उद्धार र उपचारमा कमी हुन नदिन उनले सम्बन्धित निकायलाई निर्देशन दिएका छन । साथिखबर को लागि आजै यो पेज लाईक गर्नुहोस ।

प्रकाशित मिति October 11, 2019

हामीलाई फेशबुकमा लाइक गर्नुहोस