खुसीको कुरा: दुःख पाएर सडकमा बसेको देखे सरकारलाई खबर गर्न प्रधानमन्त्रीद्वारा आग्रह

प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको राम्रो काम गरिरहे पनि निराशा फैलाउन खोजिएको भन्दै असन्तुष्टि जनाएका छन् । सोमबार ललितपुरको भैंसे*पाटीमा मन्त्री निवासको भवन शिलान्यास गर्दै उनले केही पनि भएर भनेर निराशा फैलाउन खोज्ने प्रवृत्ति ठीक नभएको बताए । नेपालमा वाक स्वतन्त्र*ताको हकको जथाभावी प्रयोग भएको पनि ओलीले दा’वी गरे ।

‘नेपालमा वाक स्वतन्त्रताको हक छ, त्यसको प्रयोग गर्न पाइन्छ’ उनले भने ‘स्वस्थ ढंगले आलोचना गर्नु एउटा कुरा हो । नन इस्युलाई इस्यु बनाएर जसरी पनि विरोध गर्ने सिलसिला चलेको छ । यी सिलसिला चलिरहन्छन् सरकार आफ्ना उद्देश्यमा अडिग छ ।’ सडकमा भिख माग्न पर्दैन
प्रधानमन्त्री ओलीले कोही दुःख पाएर सडकमा बसेको देखे सरकारलाई खबर गर्न आग्रह गरे । ‘नेपाललाई भिखमंगा मुक्त देश बनउँछौं, सडक मानव मुक्त बनाउँछौं ।

दुख पाएर, बेसाहारा भएर सडकमा कोही देखिनुपर्दैन’ उनले भने ‘अलपत्र अवस्थामा देखिन्छ भने सरकारलाई त्यस्तो कुराको जानकारी दिनुस् सरकारले त्यसको व्यवस्था गर्छ ।’ आवास नपाएर बेसाहारा र बेबारिसे अवस्थामा कसैलाई बस्न नदिने प्रधानमन्त्री ओलीले बताए । सरकारले कल्याणका कामका साथै विकासका कामलाई पनि तिब्रताका साथ अगाडि बढाएको उनले बताए ।

‘हामी वास्तवमै हरेक दिन एक कदम अगाडि बढेका छौं । मोतिहारी पाइपलाइन सुरु गरेर सम्पन्न गरिसकेका छौं, अरु आयोजना पनि सम्पन्न गर्दैछौं’ उनले भने ।
प्रधानमन्त्री ओलीले मेलम्ची खानेपानी काठमाडौं आउन एक वर्ष नलाग्ने बताए ।

प्रकाशित मिति September 30, 2019

हामीलाई फेशबुकमा लाइक गर्नुहोस