गौ माताको दर्शन गरि यी बार काम गर्दा यति धेरै फाइदा हुने: पुरै पढ्नुहोस

यी बार अनुसार लगनले काम गर्दा यति धेरै फाइदा हुने: आइतबारः- शास्त्र अनुसार आइतबार राज्याभिषेक गर्ने, गीत, वाध्य, पलाकिमा बस्ने, राजसेवा, गाइगोरु किन बेच गर्ने, हवन गर्ने, मन्त्र उपदेश गर्ने, औषधी निर्माण गर्ने, शास्त्र ,सुन, तामा, उनी, बस्त्र आदि किनबेच गर्ने, रातो बस्तुको कारोबारलगायत उपयुक्त मानिन्छ । त्यसैले दिन गते बार हेर्दा कुनै पनि किन बेच गर्दा अति उपयुक्त दिन आईतबार को दिन हुने छ । सकेसम्म हजुर हरु ले आईतवार नै आफ्नो कारोबार गर्नुहोला ।

सोमबारः- त्यसैगरी सोमबारका दिन शास्त्रले यज्ञ गर्नु गराउनु उपयुक्त मान्दछ । गाई – भैसी, घोडा, फूल, घास, वृक्ष्य, मोति, चाँदी आदिको किनबेच गर्नु, स्त्रीको संगत गर्नु उपयुक्त मानिन्छ । आफ्नो कार्य गर्दा हरेक कुरा लाई आफुले सकेसम्म दाईने पारेर ई कार्य हरु गर्नुहोला अति उत्तम हुने छ । मंगलबारः- भेद गर्नु, अनैकतिक काम गर्न, शास्त्रबर्धन, संग्राम, कपट, दम्भ, सैन्य राख्नु , सुबर्ण, धातु, मुगा ,रक्ताश्राव कार्य गर्नु शुभ मानिन्छ । आफ्नो कार्य लगातार गर्दा पनि सकेसम्म ई सबै आफ्नो कार्य गर्दा अनिवार्य मंगलबार गर्नुभयो भने शास्त्र अनुसार अति उत्तम हुने छ ।

वुधबारः- यस बारमा चातुर्य, दक्षता, पुण्य आर्जन, अध्ययन गर्नु, शास्त्रसेवा गर्नु, शास्त्र चिन्तन गर्नु, चित्र लेखन गर्नु, वास्तु कला, नोकरी गर्नु, बादबिबाद गर्नु शुभ मानिन्छ । विहीबारः- धार्मिक कार्य गर्नु , नवग्रह पुजन गर्नु, यज्ञ गर्नु, अध्ययन गर्नु , मन्त्र जप तप गर्नु, नया कामको अध्ययन गर्नु, वस्त्र धारण गर्नु , यात्रा आरम्भ गर्नु जस्ता कार्य शुभ मानिन्छ । शुक्रबारः- यस बारमा गायन, मणि, रत्न , हिरा , सुगन्ध, बस्त्र, उत्साह, अलंकार, बाणिज्य, व्यापार, गाइ – वस्तु किनबेच गर्नु, द्रव्य भण्डारण गर्नु र संचय गर्नु तथा कृषि कार्य शुभ मानिन्छ ।

शनिबारः- यसबारमा झुटो बोल्नु, ठगि गर्नु, कपट गर्नु, गृह प्रवेश, स्थिर कार्य , नोकरी गर्नु , कलकारखाना खोल्नु , फलाम, तरवार आदिको कार्य गर्नु शुभ मानिन्छ ।

प्रकाशित मिति September 10, 2019

हामीलाई फेशबुकमा लाइक गर्नुहोस