मिडिया हबको बारे लेखे बिकाश राज पान्डे ले एस्तो स्टाटस हेर्नुहोस जस्ताको तेस्तै

सानो कसरत र सोचाइबाट जन्मिएको त हुँदै होइन ‘भद्रगोल’ टेलिसिएल । हुन त पाकेको फल देख्दा झटारो नहान्ने त सायद कमै हुन्छन,तर आफ्नै मालिकले फल खानलाइ झटारो हानेर होइन सुरक्षित तरिकाले टिपेको राम्रो हुन्छ । भद्रगोलमा यस्तो झटारो पहिले पनि नआएको त होइन । स्वयम् मैले भद्रगोलमा ब्यबस्थापक भै काम गर्दा पनि तत्कालीन निर्माता सुबास कार्की ‘बेलासे’ र मिडिया हर्ब बाट ४८ हप्ताको पारिश्रमिक नपाइ खाली हात भद्रगोल छाड्नु परेको तितो अनुभव त म सङ नै छ । आफ्नो पारिश्रमिकको माग गर्दै सुबास कार्की ‘बेलासे’ को घर सम्म र मिडिया हर्बका हाकिम सोम धितालको टेबल सम्म निवेदन सहित नपुगेको पनि होइन,त्यो निबेदन त डस्बिनमा नै थन्कियो होला ।

तर तेति बेला ठूलो बिरालोको अगाडि म सानो मुसोले आफ्नो पारिश्रमिक उठाउन सक्नु त के रौ पनि हल्लौन सकिन । थाहा छैन यति बेला सुबास कार्की ‘बेलासे’कता हुनुहुन्छ । त्यति बेला जिग्री, पाडे लगायत अन्य भद्रगोलका टिमले मलाई समर्थन र सहयोग गर्नुनै भएको थियो । आज फेरि त्यही टिम माथी पनि कुठाराघात भएको सुन्नमा आयो । यो अत्यन्त दु:खद कुरा हो । आज फेरि मिडिया हर्बले अरुको घरको भकारिको धान निकालेर आफुले दशै मनाउने काम गरिरहेको जस्तो देखिन्छ,पक्कै पनि आम बुज्रुक दर्शकले मिडिया हर्बको यो कदम लाई स्याबासी त पक्कै पनि दिने छैनन ।। जय भद्रगोल !!! सबैमा चेतना भया ।

प्रकाशित मिति September 7, 2019

हामीलाई फेशबुकमा लाइक गर्नुहोस