७४ वर्षकी बृद्धाले जुम्ल्याहा बच्चा जन्माएपछी भयो यस्तो हंगामा: सारा देश चकित

रोचक ।

भारतको आध्र प्रदेशको गुंटूर जिल्लामा बिहीबार एक ७४ वर्षीया महिलाले जुम्ल्याहा बालिकाहरूलाई जन्म दिएकी छिन् । मंगयाम्मा नाम गरेकी ती महिलाले स्थानीय अहिल्या नर्र्सिङ होममा ती बालिकाहरुलाई जन्म दिएकी हुन् । पूर्वी गोदावरी जिल्लाका किसान

यर्मसेट राजारावसँग ५७ वर्षअघि उनको विवाह भएको थियो । मंगयम्मा एक दशकदेखि उपचाररत रहेकी थिइन । डाक्टरहरूले उनको सामान्य शल्यक्रिया गरे र अर्को महिलाको मूत्र उनको शरीरमा ट्रान्सप्लान्ट गरेका थिए । यो शल्यक्रिया जनवरीमा सफल भएको

थियो । उक्त शल्यक्रियापछि मंगयाम्मा गर्भवती भएकी थिइन् । डाक्टरहरुका अनुसार मंगयम्मा ७४ वर्षको उमेरमा पनि निकै तन्दरुस्त छिन् । उनीसँग न डायबेटिस छ न उच्च बीपीको समस्या नै छ ।  उनको फिटनेसका कारण नै प्रसुतिका लागि निकै सजिलो भएको

थियो । २ बालिकालाई जन्म दिएपछि मंगयाम्माले भनिन्, मलाई लाग्थ्यो कि मेरा बच्चाहरूलाई नदेखी म मर्छु होला, तर छरछिमेकमा ५५ वर्षीया महिलाले पनि एउटा छोरो जन्माएका मैले देखेको थिएँ, त्यसपछि म ढुक्क भएँ र  मेरो मानसिकता परिवर्तन भयो। मैले

यसका लागि मेरो श्रीमान्लाई पनि विश्वस्त गरें र आज म धेरै खुसी छु । महिलाका पति राजा राव भज्छन्, कि अस्पतालमा नौ महिना बितिसकेको छ, बच्चाको अनुहार देखे पछि म सबै संघर्ष विर्सन्छु। डा. उमाशंकरका अनुसार दुबै बालिका र आमाहरू स्वस्थ छन् ।

उनीहरुको तौल १.८  केजी छ । मंगयम्मा बच्चाहरूलाई स्तनपान गर्न असमर्थ छिन्, त्यसैले बालिकाहरुका लागि दुध बैंकको सहयोगमा उनीहरुलाई दुध खुवाउने गरिएको छ । रातोपाटिबाट साभार गरिएको।

प्रकाशित मिति September 5, 2019

हामीलाई फेशबुकमा लाइक गर्नुहोस