नेपालगञ्जका मेयर, हिन्दूवादी राप्रपा नेता धवल शम्शेर राणा सामुहिक गौहत्यामा तानिए

सुर्खेत। गाई चिन्हबाट चुनाव लडेर नेपालगञ्ज उप महानरपालिकाको मेयर बनेका हिन्दूबादी पार्टी राप्रपा उपाध्यक्ष धवल शम्शेर राणा सामुहिक गौहत्यामा तानिएका छन् । विहीबार राति सुर्खेत कटकुवाको भीरबाट करिव ३ सय गाई खसालिएको थियो।२४गाई मरेका छन् भने कति अझै भीरमा अड्किएका छन् ।राणा मेयर रहेको नेपालगञ्ज उपमहानगरपालिका बाट २९१ गाई आठ वटा टकमा सुर्खेततर्फ पठाइएको थियो उपमहानगरपालिकाले नै गाई सुर्खेततर्फ पठाएको रहस्य खुलेको छ ।

भीरबाट गाई खसाउने चालकहरु यतिबेला सुर्खेत प्रहरीको नियन्त्रणमा छन् । प्रहरी नियन्त्रणमा रहेका चालकहरुले नेपालगञ्ज उपमहानगरपालिकाले गाई पठाएको बयान दिएका छन् । ना ६ ख ९९०५, ९१७७, ४९४९ र ना ५ ख १०१५ नम्बरका ट्रक जिल्ला प्रहरी कार्यालय सुर्खेतको नियन्त्रणमा छन् । ट्रकसहित नियन्त्रणमा लिइएका चालकहरुले उपमहानगरपालिकाले नै गाईहरु पठाएको बयान प्रहरीलाई दिएका छन्।

उपमहानगरपालिकाले पनि जिल्ला प्रशासन कार्यालय बाँकेलाई अनुमतिका लागि पत्र लेखेको थियो ।नेपालगञ्जका सडकमा छाडा चौपायले सास्ती दिन थालेपछि सवै गाईहरु पहाडतिर पठाउन काम मेयर राणाले गरेको उनीहरुले प्रहरीलाई बयान दिएका छन्।नेपालगञ्जका सडकमा छाडा छोडिएका गाईगोरुलाई स्थानीय काञ्जी हाउसमा राखिएको थियो। त्यहीबाट मेयरको आग्रहमा गाईहरु दैलेख पठाइएको थियो ।

छाडा पशुचौपाया व्यवस्थापनका लागि दैलेखको श्रीस्थान लैजाने भनेर लिइएको हो बीचमै गाईगोरु मरेपछि हाम्रो यहाँको टोली बाटोमै छोडेर फर्किएको रहेछनेपालगन्ज उपमहानगरपालिकाका सूचना अधिकारी शरदकुमार पौडेलले भने। गाई खसाल्ने ट्रक नियन्त्रणमा ब्यक्ति फरार। सुर्खेत कटकुवा जंगलको भीरबाट ३ सय गाई खसाउने गिरोह अझै पक्राउ परेको छैन।

नेपालगञ्जबाट कर्णाली प्रदेशका पहाडी र हिमाली जिल्लामा लैजादै गरेका करिव ३ सय गाई विहीबार राति सुर्खेतको भीरबाट खसालिएको थियो।भीरबाट खसाल्दा २४ गाई मरेका छन् भने कतिपय गाईहरु भीरमै अड्किएका छन् । यसरी गौहत्या मच्याउने गिरोह भने अझै पक्राउ परेको छैन। नेपालगन्जबाट गाई ल्याउने ट्रक प्रहरी नियन्त्रणमा छन् तर गाईको सप्लाई गर्ने गिरोह भने फरार रहेको छ ।

ना ६ ख ९९०५, ९१७७, ४९४९ र ना ५ ख १०१५ नम्बरका ट्रक जिल्ला प्रहरी कार्यालय सुर्खेतले नियन्त्रणमा लिएको छ।अन्य तीन ट्रकको अहिलेसम्म खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता डिएसपी रवि रावलले बताए।

प्रकाशित मिति September 1, 2019

हामीलाई फेशबुकमा लाइक गर्नुहोस