प्रधानमन्त्री केपि शर्मा ओली सुखानी काण्डमा यसरी बाँचेका थिए । पूरा पढनुहोस

केपी शर्मा ओली दोस्रो पटक प्रधानमन्त्री भएको फागुन ३ गते एक वर्ष पूरा भएको छ । साढे चार दशकअघि फागुन २१ गते झापा आन्दोलनका पाँच जना योद्धालाई तत्कालिन सरकारले गोली हानी हत्या गरेको थियो । नेपाली इतिहासमा सुखानी काण्डका नामले अंकित त्यही घटनाको जगमा प्रधानमन्त्री ओलीको सत्तारोहण यात्रा तय भएको हो ।

सुखानी काण्ड भएको बेला ओली झापाको सचिवबाट केही दिनअघि मात्रै निवर्तमान भएर सीपी मैनाली सचिव भएका थिए । झापा कमिटीका पहिलो सचिव आरके मैनालीले ‘नलेखिएको इतिहास’ पुस्तकमा उल्लेख गरेअनुसार सुखानी घटनामा पर्नबाट ओली संयोगले जोगिएका थिए ।उक्त पुस्तकको सुखानीका ती सहीद खण्डको रामनाथ दाहालको सन्दर्भमा मैनालीले लेखेको छन् – “ उन्नत सोचका धनी रामनाथ चारपाने गाविसको प्रधानपञ्चमा उठेर थोरै मत अन्तरले पराजित भएका थिए, २०२४ सालमा । त्यही भएर होला, उनी क्रान्तिकारी हुँदाहुँदै पनि खुला राजनीतिमा बढी विश्वास गर्थे । हामी भूमिगत भइसकेका थियौं ।

तर, रामनाथ खुलै थिए । २०२९ साल मंसिर २९ गते मैले रामनाथलाई चिठी पठाए, “तुरून्त भूमिगत हुनुहोस् ।” त्यसपछि बल्ल रामनाथ र केपीले स“गै घर छोडे । घर छाडेको केही दिनपछि परिवारको हालचाल बुझ्न एक दिन अपराह्नतिर रामनाथ र केपी दुवैजना घरनजिक निक्लिएछन् । परैबाट उनीहरूले रामनाथको घरमा छ्याप्छ्याप्ती प्रहरी देखेछन् । “घरमा प्रहरी किन आएका रहेछन् । म बुझेर आउ“छु । तिमी यहा“बाट उता जा“दै गर,” केपीलाई जोगाएर आफू भने घरतिर लागेछन् ।” त्यसरी ओलीलाई जोगाएका रामनाथस“ग ओलीको पुनः भेट भएन ।

सुखानी काण्डपछि ओली र मोहनचन्द्र अधिकारी भागेर भारतको कानपुर पुगे र नेपाल फर्किदा रौतहटबाट गिरफ्तारीमा परी १४ वर्ष जेल जीवन भोगे । जेलमा समेत ओलीको जीवन बालबाल बचेको थियो । फागुन २१ को सन्दर्भमा उपयोगी हुने ठानेर पत्रकारद्वय माधव बस्नेत र मनबहादुर बस्नेतद्वारा सम्पादित झापा आन्दोलनका योद्धा तथा वामपन्थी नेता राधाकृष्ण मैनालीको संस्मरणात्मक पुस्तक ‘नलेखिएको इतिहास’ पुस्तकको एक अंश: केपीका कहानी केन्द्रीय कारागारको गोलघरमा केपी ओली अल्सर र टीबी रोगले लामो समयदेखि थलिएका थिए ।

उनको शारीरिक अवस्था अत्यन्त कमजोर बनिसकेको थियो । अल्सरका कारण रगत नै बान्ता गर्थे । त्यस्तो बिरामीका लागि हामीसँग पौष्टिक आहारका नाममा उसिनेको चामल र गान्टे मुलाको झोलबाहेक केही थिएन । त्यसमाथि केपी साह्रै स्वादे मान्छे । उनी जे पाक्छ त्यही नखाने । फर्माइसी गरेर आफ्नै स्वादमा बाँच्न खोज्थे । जेलका कठिन दिनहरूमा समेत उनलाई थोरै किन नहोस्, स्वादिलो तरकारी चाहिन्थ्यो । त्यो नहुँदा गाँसै अड्केला जस्तो गर्थे । जेलमा कहाँबाट यस्ता मीठा चिज पाइनु ? टीबी र अल्सरले सिकिस्त भएपनि खाना खान बस्दा कहिले खुर्सानी माग्थे, कहिले घ्यू लेउ भनेर हैरान पार्थे ।

सिद्धान्तसँग खाना खान सकिँदैन, स्वादसँग मात्र खान सकिन्छ भन्ने तर्क गर्थे । केपी कतिसम्म सोखिन थिए भने हामी बिँडी भए पनि रमाएर पिउँथ्यौं । तर उनी बिँडी देख्नासाथै मुन्टो बटार्थे । चुरोट पाए मात्रै पिउँथे । आफ्नो पारिवारिक/आर्थिक परिवेशविपरीत थियो, उनको जीवनशैली । लाग्थ्यो, केपी जन्मजातै राजसी छाँटका व्यक्ति हुन् । खाना खानुअघि चुरोटको कस मात्रै पाए पनि उनी दुई–तीन गाँस बढी खान्थे ।

केपीको यही सोखलाई पूरा गर्न हामीले मेसबाट दिनको दुई खिली चुरोट ल्याइदिने व्यवस्था गराएका थियौं । त्यति बेला गैंडा नामक चुरोट चल्तीमा थियो । उनी त्यो चुरोट बिहानको खानाअघि र बेलुकाको खानापछि मज्जाले पिउँथे । म अहिले पनि सम्झन्छु, केपीलाई जेलमा अलिकति खुसी बनाउनुपर्र्यो भने एक खिल्ली चुरोट दिनुपथ्र्याे । अनि मात्रै खिसिक्क हाँस्थे । नत्र सधैं पानी पर्न लागेको बादलजस्तै धुम्म अनुहार बनाएर बस्थे ।उनलाई बिमारले उठ्नै नसक्ने हालतमा पुर्र्यायो । रोगले थलिएका केपीले खाना नखाएपछि जीउमा हड्डी र करङ मात्रै देखिन थाल्यो ।

स्थिति दिनानुदिन खराब बनेर उठ्नसमेत अरुको सहारा चाहिने भयो । त्यसपछि मैले बिरामी स्याहार्न मेरो ढोका खोली पाऊँ भनेर जेलरलाई दरखास्त हालें । धन्न जेलरले ढोका खोलिदियो । यसपछि मैले सिकिस्त भइसकेका केपीलाई स्याहारें । मैले केपीको शरीरमा नछोएको कुनै अंग छैन । दिसा गर्न जाँदा उनी आफ्ना कपडासमेत खोल्न नसक्ने अवस्थामा पुगेका थिए । मैले उनको अन्डरपाइन्ट खोलिदिने देखि दिसा धोइदिनेसम्म गरें । उनी दिसा आफैं धुन्छु त भन्थे तर हात कामेर मलद्वारामा पुर्र्याउनै नसक्ने भइसकेका थिए । मैले उनलाई नुहाइदिने देखि शरीरमा तेल घस्नेसम्म गरि दिएँ ।

पछि म स्वास्थ्यमन्त्री भएको बेला डा. भारती मन्त्रालयमै कार्यरत रहेछन् । त्यसबेला एउटा आयोजनाको प्रमुख बनाइदिएको थिएँ । दुई अर्ब रूपैयाँको यो आयोजनाले गाउँगाउँमा प्राथमिक स्वास्थ्य केन्द्र भवन बनाउने लक्ष्य राखेको थियो । म मन्त्री हुँदा आयोजना सञ्चालन गर्ने समिति नै बन्न सकेको थिएन । अघिल्ला मन्त्री र कर्मचारीबीच कसको मान्छे उक्त समितिको प्रमुख बनाउने भन्ने झगडाले चार वर्षदेखि तानातान भएर समिति नबनेको रहेछ । मैले केपी, मलगायतलाई जेलमा अहोरात्र सहयोग गरेका व्यक्तिलाई नै परियोजनाको प्रमुख बनाउनु उपयुक्त ठानें । उनी वामपन्थी होइनन् । डाक्टर भए पनि कुशल प्रशासक रहेछन् ।

उनले कुशल काम गरेर देखाइदिए ।भारतीलाई परियोजना प्रमुख बनाउँदा पाँचबर्षे योजनाको समयावधि एकवर्ष मात्रै बाँकी थियो । एकवर्षमा त्यति ठूलो आयोजनाको काम फत्ते गर्नु चानचुने कुरा थिएन ।  (पत्रकारद्वय माधव बस्नेत र मनबहादुर बस्नेतद्वारा सम्पादित राधाकृष्ण मैनालीको संस्मरणात्मक पुस्तक ‘नलेखेको पुस्तकबाट उद्धृत, फागुन २१ को सन्दर्भमा हामीले यो सन्दर्भ पाठकलाई पस्किएका हौँ ।)

प्रकाशित मिति August 31, 2019

हामीलाई फेशबुकमा लाइक गर्नुहोस