२९१ गाइलाई भिरबाट खसालेर ह*त्याको प्रयास: रास्ट्रीय जनावर गाइको जिउने अधिकार छ कि छैन (भिडियो सहित)

नेपालगन्जबाट दैलेख लैजाँदै गरिएका गाई सुर्खेतको वीरेन्द्रनगरको कटकुवा जंगलको भीरबाट खसालिएको छ । भीरबाट खसाल्दा १६ गाई मरेका छन् भने ५० गाई घाइते भएका छन् । बिहीबार राति नेपालगन्जको कान्जीहाउसबाट २९१ गाईसहित ८ ओटा ट्रक दैलेख हिँडेका थिए । सम्बन्धित ठाउँमा नपुर्याइ गाईलाई सुर्खेत, वीरेन्द्रनगरको कटकुवास्थित जंगलको भीरबाट खसालिएको छ ।

ट्रकबाट ढुंगाजसरी खसाल्दा १६ गाई मरेका छन् भने ५० गाई घाइते अवस्थामा छन् । पशुकै सहारामा बाँचेका मानिसहरुले यस्तो अमानवीय व्यवहार देखाएको स्थानीय दुुर्गाबहादुर डाँगीको आक्रोश छ । वीरेन्द्रनगर नगरपालिकाकाअनुसार चौपायाहरुलाई भीरबाट खसालेर मारिएको हो । गाडीबाट सीधै भीरमा खसालेर गाई मार्नेहरुलाई कडा कारबाही गर्नुपर्ने स्थानीय गौरी केसीको भनाइ छ ।

वीरेन्द्रनगर नगरपालिका अनुगमन उपशाखाका प्रमुख यामलाल गिरी सम्बन्धित ठाउँमा गाई नलिने व्यक्तिलाई कारबाही गरिने बताउँछन् । करिब तीन किलोमिटरको दूरीमा भीरबाट गाई खसालिएको देखिएको छ । प्रहरीले गाईलाई खसालेर नेपालगन्ज फर्कंदै गरेका चारओटा ट्रकलाई बबईबाट नियन्त्रणमा लिएको छ । पुरै भिडियो हेर्नुहोस।

प्रकाशित मिति August 30, 2019

हामीलाई फेशबुकमा लाइक गर्नुहोस