पुरै २५० रोपनिमा फैलिएको अबैध गाँजा प्रहरीबाट नस्ट: पुरै हेर्नुहोस

नेपालमा गांँजा फलाउनु अनि त्यस्को सेवन गर्नु गैरकानुनी छ।तर पनि कानुनलाई चुनौती दिने मान्छेहरुको कमि छैन। पैसाको मतलब अथवा अरु कुनै कारणले गर्दा मान्छेले कानुनलाई चुनौती गरि आएकै छन। नेपालको धादिङ जिल्लाको दक्षिणी भेगमा २५० रोपनीमा लगाइएको अवैध गाँजाखेती प्रहरीले नस्ट गरेको छ ।

जिल्ला प्रहरी कार्यालय धादिङ र इलाका प्रहरी कार्यालय गजुरीको टोलीले गजुरीको गैरीगाउँमा लगाइएको गाँजा नस्ट गरेका हुन् । अवैधरुपमा खेती गरिएको गाँजा नस्ट गर्ने अभियानमा प्रहरीले २५० भन्दा बढी रोपनीमा लगाइएको गाँजा फडानी गरिएको प्रहरी उपरीक्षक राजकुमार बैदवारले बताए ।

मकवानपुरसँग सिमाना जोडिएको क्षेत्रहरुका स्थानीयले बाली तथा पाखामा व्यावसायिकरुपमा अवैध गाँजाखेती गर्दै आएका छन् । यस्तरी गाँजाको खेती गर्ने अनि देशका युवालाई बहकाउनु सायाद नराम्रै कुरा हो।

प्रकाशित मिति August 29, 2019

हामीलाई फेशबुकमा लाइक गर्नुहोस