यि युवा जसको २ मिनेटको भिडियोले बनायो रानु मण्डललाई स्टेशन गायिकाबाट स्टार

काठमाडौं।

पछिल्लो केही दिनदेखी सोशल मिडियामा भिडियो भाइरल भएको छ यो भिडियो हो, रानु मण्डलको जो अब हिमेर रेशमियासँग एउटा फिल्मको टाइटल गित गाइरहेकी छिन ।

रानु मरिया मण्डल ती नै हुन जसले    केही   दिन   पहिला    एउटा भिडियोमा प्लेटफर्ममा लता मंगेश्करको गित गाएको सुनिएको थियो
उनको आवाज र सुर यती सुमधुर थियो कि जो कोहीले उनको उच्च प्रशंसा गरे र उनी रातारात एउटा स्टार बनेकी छिन् ।

उनलाई रातारात हिट बनाउने एउटा युवा हुन  जसको  केबल २ मिनेटको    भिडियोले   रानुको      जिन्दगी नै   पुरै      बदलियो ।
पश्चिम बंगालको रानाघाट स्टेशनमा गित गाइरहेकी रानु मण्डलको गितलाई रेकर्ड गर्ने ति ब्यक्तिको नाम हो अतीन्द्र चक्रवर्ती, जो पेशाले एक समाज सेवक हुन् ।

अतिन्द्र नै हुन जसले स्टेशनमा रानुले गित गाउदै गरेको सुने र उनको भिडियो बनाइदिए ।

अतिन्द्र यहाँ आफनो साथीसँग आएका थिए र उनलाई रानुको गित असाध्यै मन पर्यो ।

अतिन्द्र नै थिए जसले पहिलो पटक रानुको गितको भिडियो बनाएर फेसबुकमा पोस्ट गरे ।

अतिन्द्रले सायद यो पनि सोचेका थिएनन कि उनको यो सानो कोशिश रानुको जिन्दगीको यात्रालाई यसरी सुखद बनाइदिनेछ। आजकाल रानु जहाँ पनि जान्छिन अतिन्द्र त्यही देखिन्छन् ।हिमेश रेशमियाले गराए बलिउडमा प्रवेश

गएको शुक्रवार मानिसहरु तब अचम्मित भए जब रानु मारिया मण्डल बलिउडमा प्रवेश गरेको खबर फैलियो । यो कुराको जानकारी हिमेश रेशमियाको   इन्स्टाग्राम बाट   दिइयो

हिमेश रेशमियाले शुक्रवार आफनो इन्स्टाग्राम एकाउन्टमा भिडियो शेयर गरे, जसमा रानु हिमेशसँग स्टुडियोमा एउटा गित रेकर्ड गरिरहेको देखिन ।

प्रकाशित मिति August 29, 2019

हामीलाई फेशबुकमा लाइक गर्नुहोस