आखिर कहिले बाट हुने भयो रबिको कार्यक्रम सिधाकुरा जनतासंग पूरा हेर्नुहोस

भरतपुर ।
सञ्चारकर्मी रवि लामिछानेले आफ्नो न्यायका लागि देश र विदेशबाट पहिल गर्ने सबै शुभेच्छुक र समर्थकहरूलाई विशेष धन्यावाद दिएका छन् । चितवनको भरतपुरस्थित नारायणी नदीको किनारमा मंगलबार आयोजित विशेष धन्यावाद कार्यक्रमलाई सम्बोधन गर्दै लामिछानेले आफ्नो न्यायाका लागि पहल गर्ने सबैलाई सम्झिएका हुन् ।

लामिछानेले आफ्नो आफ्ना समर्थकहरूको शिर कहिल्यै पनि ननिहुरिने दिने प्रतिवद्धता जनाएका छन् । उनले आजीवन आवाज विहीनहरूको आवाजलाई उठाइ रहने जनाएका छन् । ‘तपाईहरू न्यायको पक्षमा उभिनु भएको थियो । ७७ वटै जिल्लाबाट न्यायका लागि यहाँ आउनुभएको छ’, उनले भने, ‘मेरो न्यायका लागि विदेशबाट पनि आवाज उठाउनु भएकालाई पनि सम्झिन चाहन्छु ।’ ‘गल्ली, चौक, सडकबाट मेरा लागि आवाज उठाउनु भएको छ ।

यो देशमा राजनीतिक एजेण्डा मात्रै चल्छ भन्ने थियो’, लामिछानेले भावुक हुँदै भने, ‘तपाईहरूले यो कुरालाई गलत सावित गरिदिनुभएको छ ।’ ‘राजनीतिज्ञका कारण समाजमा भएको बेथितिका विरुद्ध तपाईहरूले यति बुलन्द आवाज बनाइदिनुभएको छ । हामीले केही ठूलो काम गरेका छैनौँ’, उनले भने, ‘तपाईहरूले हाम्रो काँधमा राख्नुभएको जिम्मेवारीलाई कहिल्यै हार्ने छैनौँ । देश विदेशका साथीहरूलाई कहिल्यै भुल्ने छैनौँ ।’

‘राजनीतिक दलले र तिनका नेताहरूले ईमान्दारिताका साथ काम गरे भने उनीहरूभन्दा उचित मान्छे यो देशमा छैनन्’, उनले भने, ‘हामीले सञ्चारको क्षेत्रबाट सुधार गर्नुपर्छ ।’ ‘अहिले सञ्चारकर्मी रहेर हरेकको घरघरमा बसेर समाचार बनाउनेछु’, उनले आफू राजनीतिमा प्रवेश गर्नेबारेमा आएका समाचारको खण्डन गदै भने, ‘मैले सञ्चारको क्षेत्रबाट नै परिवर्तन गर्न चाहेको छु ।’

प्रकाशित मिति August 27, 2019

हामीलाई फेशबुकमा लाइक गर्नुहोस