रविले किशोर श्रेष्ठदेखि करिश्मा मानन्धरलाई फर्काए एस्तो जवाफ,

काठमाडौं ।

रवि लामिछाने प्रहरीको हिरासत मुक्त भएसँगै आफ्नो विचार राख्न थालेका छन् । सोमबार चितवन जिल्ला अदालतको आदेशमा धरौटीमा रिहा भएका उनले आफू हिरासतमा परेपछिको अवस्थाकाबारे आफ्नो धारणा राखेका छन् । प्रेस काउन्सिल नेपालका कार्यवहाक अध्यक्ष तथा जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठसँग आफ्नो कुनै दुश्मनी र रिसइवी नरहेको भन्दै रविले आफू सत्यको सहारामा रिहा भएको प्रतिक्रिया दिए ।

यस्तै नायिका करिश्मा मानन्धरले आफ्ना समर्थकलाई भेडा भनेको विषयमा रविले यो करिश्माको आफ्नो तर्क हो यसमा केही भन्नु छैन भने । कलाकारिताबाट राम्रो योगदान दिएकी करिश्माले आफ्नो वाक् स्वतन्त्रता उपयोग गरेकाले केही भन्नु छैन रविले भनेका छन् । गएको साउन ३० गतेबाट प्रहरीको न्यायिक हिरासतमा रहेका रविसहित युवराज कँडेल र अस्मिता कार्की सोमबार अदालतको आदेशमा रिहा भएका हुन् ।

प्रकाशित मिति August 27, 2019

हामीलाई फेशबुकमा लाइक गर्नुहोस