एकसाथ गर्भावस्थाको मज्जा लिदै ऋचा र प्रियंका, कहिले जन्मिन्छ बच्चा ? पूरा हेर्नुहोस

मनोरञ्जन ।

पछिलो समय सामाजिक संजालमा अभिनेत्रीहरु गर्भवती भएको फोटो भाइरल हुने क्रम बढेको छ । यही क्रममा नेपालि फिल्म क्षेत्रका दुइ अभिनेत्रीहरुले आफु गर्भवती भएको तस्विर सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेका थिए । अभिनेत्री प्रियंका कार्की र ऋचा शर्मा नेपालि फिल्म क्षेत्रको अभिनेत्रीहरुमा एकदमै मिल्ने साथी हुन् ।

ऋचाले आफ्नो युट्युब च्यानलमा उनी र प्रियंका गर्भवती समयमा रमाईरहेको भिडियो सार्वजनिक गरेकी छिन् । गर्भवती हुँदा के कस्तो महसुस हुन्छ र आफूहरुलाई अहिले कस्तो भइरहेको छ भन्दै दुईजनाले भलाकुसारी गरेका छन् । भिडियोमा उनीहरु एक अर्कोको पेटमा स्पर्श गरिरेहेको देख्न सकिन्छ । ऋचाले उनको भन्दा प्रियंकाको

बच्चा छिट्टै देख्न पाइने भन्दै हासी मज्जाक गरेको देख्न सकिन्छ । साथै अभिनेत्री प्रियंका र ऋचाले आफुहरुको बच्चा आगामी सेप्टम्बर महिना पछि जन्मिने बताएका छन । ऋचाको भन्दा १ वा २ हप्तापछि अगाडी प्रियंकाको बच्चा जन्मिने पनि उनीहरुले बताएका छन । ऋचा पछिल्लो समयमा कमेडी शो कमेडी च्याम्पियनमा व्यस्त

छिन् । ऋचाले केहि समयअघि मात्रै आफू गर्भवति भएको कुरा सामाजिक सञ्जाल मार्फत जानकारी गराएकी थिइन् । उनले एक तस्बिर सार्वजनिक गर्दै आफू गर्भवति भएको जानकारी दिएकी थिइन् । कमेडि च्याम्पियनको जजका रुपमा देखिदै आएकी, अभिनयमा अब्बल मानिने ऋचाले फिल्ममा भने खासै प्रभाब पार्न भने सकेकी

छैनन् । अभिनेत्री प्रियंका नेपालि फिल्म क्षेत्रको एक सफल अभिनेत्री हुन् । उनि फिल्मको साथै म्युजिक भिडियोमा उत्तिकै प्रचलित छिन । पछिल्लो समयमा भने कोरोना प्रभाब देखिएपछि उनलाई खासै देखिएको थिएन ।

प्रकाशित मिति May 4, 2021

हामीलाई फेशबुकमा लाइक गर्नुहोस