ब्रेकिङ: अस्पतालमा अक्सिजन नहुँदा १२ जना विरामीको मृत्यु

काठमाण्डौ ।

भारतको राजधानी दिल्लीस्थित एक अस्पतालमा अक्सिजनको अभाव हुँदा अस्पतालमा भर्ना भएका १२ जना विरामीको मृत्यु भएको छ । भारतीय सञ्चार माध्यमहरुका अनुसार दिल्लीस्थित बत्रा अस्पतालमा

उपचाररत १२ जना कोरोना संक्रमितको अक्सिजन नहुँदा मृत्यु भएको छ । अस्पतालले मृत्यु हुनेको संख्या बढ्न सक्ने जनाएको बीबीसीले उल्लेख गरेको छ । अस्पतालले अस्पतालमा अक्सिजन नभएपछि

विरामीको अक्सिजन लेभल घटेको र उनीहरुलाई बचाउन नसकिएको बताएको छ । अस्पतालले मृतकको संख्या अझै बढ्न सक्ने र २४ घण्टा निकै महत्वपूर्ण हुने बताएको छ । यसअघि दिल्लीकै अर्को

अस्पतालमा अक्सिजन नहुँदा २२ जना विरामीको मृत्यु भएको थियो । भारतमा कोरोना संक्रमणको दोस्रो लहर शुरु भएसँगै अस्पतालहरुमा अक्सिजनको हाहारकार मच्चिएको छ । भारतले विभिन्न मुलुकहरुबाट अक्सिजन आयात गरिरहेको छ । तर, पनि अस्पतालहरुमा पर्याप्त अक्सिजन छैन ।

प्रकाशित मिति May 1, 2021

हामीलाई फेशबुकमा लाइक गर्नुहोस