होटल मेरियटबाट अहिले निर्माण भएको धरहरा हेर्दै ओली र नेपाल (हेर्नुहोस तस्बिर)

काठमाडौ ।

नेकपा एमालेभित्रको विवाद मिलाउन दुई दिनयता छलफलमा जुटेका अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधव कुमार नेपालबीच भेटवार्ताको पछिल्लो तस्बिर सार्वजनिक भएको छ । सार्वजनिक तस्विरअनुसार ओली र नेपालले सँगै नवनिर्मित धरहराको दृश्यावलोकन

गर्दै गरेको देखिन्छ । दुबै नेताले वार्ता स्थल होटल मेरियटबाट धराहराको दृश्यावलोकन गरेको तस्बिर प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले ट्वीटरमार्फत सार्वजनिक गरेका छन् । ‘प्रधानमन्त्री केपी शर्मा ओली र पूर्व प्रधानमन्त्री एवं सांसद माधवकुमार नेपाल

संयुक्तरूपमा कमलपोखरीस्थित मेरियट होटलको भेटघाट कक्षको झ्यालबाट सुन्धारामा नवनिर्मित धरहराको दृश्यावलोकन गर्नुहुँदै’, थापाले दुई नेताको फोटोसहितको ट्वीटमा भनेका छन् । एमालेभित्रको विवाद फुटउन्मुख भएको बेला दुई नेताबीचको वार्तालाई अर्थपूर्ण रुपमा हेरिएको छ ।

श्रोत: हामिले यो खबर रातो पाटी बाट साभार गरेका हौ ।

प्रकाशित मिति April 22, 2021

हामीलाई फेशबुकमा लाइक गर्नुहोस