काँग्रेसले भन्यो: अब केही दिनभित्रै मुलुकको राजनीतिले यसरी कोल्टे फेर्छ (सक्दो सेयर गर्नुहोस)

काठमाडौ ।

नेपाली काँग्रेसले अबको केही दिनभित्रै मुलुकको राजनीतिले कोल्टे फेर्ने विश्लेषण गरेको छ । सो पार्टीले माओवादी केन्द्र र जसपासँगको निरन्तरको वार्ता फलदायी भएकाले केही दिनमै केपी ओली नेतृत्वको सरकार विस्थापित हुने दावी गरेको छ । काँग्रेसको पूर्वपदाधिकारी

तथा वर्तमान पदाधिकारीको बुधबार सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा बसेको बैठकमा देउवाले ओली सरकार ढाल्न तीन दलबीच सहमति नजिक रहेको र अबको केही दिनमै राजनीतिले कोल्टे फेर्ने ब्रिफिङ गरेका थिए । बैठकपछि पार्टीका एक शीर्ष नेताले

आजको बैठकमा देउवा निकै उत्साहित हुँदै प्रस्तुत भएको जानकारी दिए । उनका अनुसार देउवाले आफ्नो नेतृत्वमा छिट्टै सरकार बन्ने ब्रिफिङ गरेका थिए । उनले बैठकमा भनेका थिए, चिजको विकास निकै क्लियर भइसक्यो । केही दिनमै अब राजनीतिले कोल्टे फेर्दैछ ।

निरन्तरको छलफल फलदायी बन्दै छ । जसपाको एउटा समूहले प्रधानमन्त्री केपी शर्मा ओलीलाई नै सघाउने अडान लिँदै आएपनि देउवाले अन्तिम सो पार्टीमा संकट आउन सक्ने भन्दै बैठकमा ब्रिफिङ गरे । बैठकमा सहभागी स्रोतका अनुसार जसपा विभाजित हुन सक्ने

देउवाको भनाइ थियो । देउवाले नेकपा माओवादीले ओली सरकारलाई दिँदै आएको समर्थन छिट्टै फिर्ता लिने पनि बताएका थिए । ‘माओवादीले औपचारिक रुपमै समर्थन फिर्ता लिन्छ, जसपा जसरी पनि हामीतिरै आउँछ’, देउवाको भनाइ थियो, ‘त्यसपछि ओलीविरुद्ध अविश्वास प्रस्ताव आउँछ, काँग्रेसकै नेतृत्वमा सरकार बन्छ । दुई–तीन दिनमा राजनीतिले कोल्टे फेर्छ ।’ श्रोत: रातोपाटी बाट साभार

प्रकाशित मिति April 21, 2021

हामीलाई फेशबुकमा लाइक गर्नुहोस