एमसीसी नेपालको हितमा आएको परियोजना भएकाले पास गर्नुपर्छ: डिला संग्रौला

सेवा खबर काठमाडौ ।

कांग्रेस नेतृ डिला संग्रौलाले एमसीसी नेपालको हितमा आएको परियोजना भएकोले पास गर्नुपर्ने बताएकी छिन् । उनले केपी शर्मा ओली सरकारको विकल्पमा कांग्रेसले नेतृत्व लिने र विकास निर्माणको गति बढाउन एमसीसी पास गर्ने कांग्रेसको योजना रहेको बताइन् ।

आइतबार बागलुङमा नेपाल प्रेस युनियनले आयोजना गरेको पत्रकार अन्तरक्रियामा संग्रौलाले एमसीसी पास गर्ने र संविधानलाई मूलधारमा ल्याउने काममा कांग्रेस नेतृत्व चाहिएको दाबी गरिन् । ओली सरकार अ’र्क’मण्य’ताको प’र्या’य भएको भन्दै जे मन लाग्यो त्यही गर्ने

स्वेच्छाचारी र अ’धि’ना’यक सरकारको विकल्प दिन कांग्रेसले तयारी गरेको हो,’ उनले भनिन् । एक्लै सरकार बनाउने संख्या नभएकोले माओवादी र जनता समाजवादीसँग छलफल भइरहेको छ ।’ केन्द्रीय समिति बैठकले पनि एमसीसी पास गर्ने शर्त’मै सरकारमा जाने

म्याडेण्ड दिएको उनले बताइन् । कांग्रेसले प्र’तिपक्षको भूमिका खेल्न नसकेको आ’रो’प छ भन्ने जिज्ञासामा संग्रौलाले त्यसको प्रतिफल केही दिनमा देखिने बताइन् । गण्डकी प्रदेशबाट कांग्रेसले नेतृत्वको थालनी गरिसकेको समेत उनले दाबी गरिन् । संवैधानिक आयोग

सम्बन्धी अध्यादेशको वि’रो’ध गरेको कांग्रेसले व्यक्ति नियुक्तीमा सम्झौता गरेको भन्ने कुरा निराधार भएको उनले बताइन् । कांग्रेस निकटलाई नियुक्ती दिएर साथ लिन खोजेको हुन सक्छ, तर कांग्रेसको सिफारिसमा कोही परेका होइनन्’ उनले भनिन्,

‘स’ड’कदेखि सदनमा कांग्रेसले जनताको आवाज बोलिरहेको छ ।’ संग्रौलाले केपी ओलीलाई न’क्क’ली राष्ट्रबाद र नैतिकता हराएको नेता भएको आ’रो’प समेत लगाइन् । ‘नारामा राष्ट्रवाद फ’ला’क्ने, त’क्मा दिँ’दा चुच्चे न’क्सा हराउने ?, उनले भनिन्, ‘सामन्त

गोयलसँग गरेको रा’ष्ट्र’घा’ती सम्झौता हैन भन्न किन नसकेको ?’ उनले प्रधानमन्त्रीलाई कु’र्सी’मा बस्ने कुनै नै’ति’क’ता बाँकी नरहेको दाबी गरिन् । बालुवाटारमा बसेर रिमोट थिचेर विकास सम्भव नहुने भन्दै जनताको घरदैलोमा पुग्न समेत उनले आग्रह गरिन् ।

रिमोटबाट गरिएका शिलान्यास र उद्घाटन सबै न’क्क’ली विकास भएको उनको टिप्पणी थियो ।

प्रकाशित मिति April 19, 2021

हामीलाई फेशबुकमा लाइक गर्नुहोस