भारतमा राजा बन्न गएका ज्ञानेन्द्रलाई, नेपाल आउन रोक लगाउनु पर्छ: आङकाजी शेर्पा

काठमाडौ ।

जनता समाजवादि पार्टी (जसपा) का नेता आङकाजी शेर्पाले भारत भ्रमणमा रहेका पूर्व राजालाई नेपाल प्रवेशमा रोक लगाउनु पर्ने आफ्नो विचार सामाजिक संञ्जाल फेसबुक मार्फत बताएका छन् । नेपालमा राजनीति माहोल बिग्रिरहेको बेला भारतमा हिन्दु जोगीहरुको

आर्शिवादले राजा बन्न गएको र उनी नेपाल आउने क्रममा नेपालको नागरिकता त्यागेको हो वा होईन भनेर जांच्नु पर्ने र यदि नेपाली नागरिकता नभएको पाईएमा नेपाल प्रवेशमा रोक लगाउनु पर्ने बताएका छन । भारतमा कोरोना संक्रमण तिब्र गतिमा फैलिरहेको अवस्थामा

भारतका जोगीहरुसँग १ हप्ता लसपस गरेर बसेकाले गर्दा नेपाल प्रेवश गर्दा अनिवार्य पिसिआर टेष्ट गर्नु पर्ने र यदि कोरोण संक्रमित भएको खण्डमा नेपाल प्रवेश गर्न रोक लगाउनु पर्ने बताएका छन ।

यस्तो छ उनको पोस्ट

भारतमा राजा बन्न गएका ज्ञानेलाई, नेपाल प्रवेशमा रोक लगाउनु पर्छ ! (१) नेपाली नागरिकता: भारतमा हिन्दु जोगीको आर्शिवादले राजा बन्न गएका ज्ञानेले नेपालको नागरिकता त्यागेको हो वा होईन भनेर जांच्नु पर्छ । नेपाली नागरिकता नभएमा नेपाल प्रवेशमा रोक लगाउनु पर्छ !

(२) पि सि आर टेष्ट: कोरोना संक्रमित देश भारतका जोगीहरूसंग १ हप्तसम्म लसपस गरेर बसेको हुनाले ज्ञानेको पि सि आर टेष्ट गर्नु पर्छ । कोरोण संक्रमित भए नेपाल प्रवेशमा रोक लगाउनु पर्छ !

प्रकाशित मिति April 16, 2021

हामीलाई फेशबुकमा लाइक गर्नुहोस