टिकटक भिडियो बनाउन पुलबाट नदीमा हाम्फालेका सञ्जय वेपत्ता (भिडियो सहित)

ब्रेकिङ: इन्टरनेट प्रयोग गर्ने हरेक उमेरका मानिसहरु अहिले एउटा चिनियाँ एपमा झुम्मिएका छन् । टिकटक एपमा पृष्ठभूमिको आवाजमा ओठ चलाएर १५ सेकेण्ड सम्मको आफ्नो भिडियो बनाएर अपलोड गर्नेहरुको संख्या करोडौं पुगेको छ । कैलाली जिल्ला को चिसापानीमा

रहेको कैलाली पुलबाट हामफाल्दा एक जना वेपत्ता भएका छन् । टिक टक मा भाइरल हुने लोभमा २ सय मिटर अग्लो पुलबाट हामफाल्दा १८ वर्षीय सञ्जय खड्का वेपत्ता भएका छन् । पछिल्लो समय युवा युवती हरुको टिक टक मा भाइरल हुने चक्करमा ठूलो

जोखिम उठाउने गरेका घटनाहरु सार्वजनिक हुने गरेका छन् । त्यस्तै दुःखद खबर कर्णाली मा पनि भएको छ । साथी हरुको साथमा नदीमा हाम फालेका उनी नदीमा खस्ने बितिकै वेपत्ता भएको प्रतक्ष दर्शिले बताएका छन् । उनीहरूको छेउमा जाँदा मादक पदार्थ सेवन

गरे जस्तो गन्ध आएको एक प्रतक्ष दर्शीले बताए । के हो टिकटक ? टिक टक एक सोसल मिडिया एप्लिकेसन हो । जसका माध्यमबाट स्मार्टफोन प्रयोगकर्ताले छोटा छोटा भिडियो (१५ सेकेण्ड सम्मका) बनाएर शेयर गर्न सक्दछन् । बाइट डान्स नामक कम्पनीले यो एप

बनाएको हो । टिक टक सन् २०१६ को सेप्टेम्बरमा लञ्च भएको हो । सन् २०१८ मा टिक टक लोकप्रियताको चुलीमा पुग्यो । गत अक्टोबरमा टिकटक अमेरिकामा सबैभन्दा धेरै डाउनलोड हुने एप बन्न पुग्यो । गुगल प्लेमा टिक–टकको परिचय short videos for

you भनेर दिइएको छ । प्ले स्टोरमा टिकटकको बारेमा लेखिएको छ: टिकटक मोबाइलबाट छोटा छोटा भिडियो बनाउने कुनै साधारण तरिका होइन । यसमा कुनै बनाबटीपना छैन र यसको कुनै सीमा छैन । चाहे तपाईं बिहान पौने ८ बजे ब्रस गरिरहेको हुनुस् वा नास्ता बनाइरहेको हुनुस् ।

 

प्रकाशित मिति April 12, 2021

हामीलाई फेशबुकमा लाइक गर्नुहोस