कोरोनाको कारण विद्यालय लगायत भीडभाड हुने क्षेत्र बन्द गर्न सिफारिस (सहि वा गलत ?)

काठमाडौ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विद्यालय लगायत भीडभाड हुने सबै क्षेत्र बन्द गर्न कोभिड—१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)लाई सिफारिस गरेको छ । पछिल्लो समय भारतमा

संक्रमणको दोस्रो लहर तीव्ररूपमा फैलिएपछि नेपालमा पनि संक्रमणको दोस्रो लहरको संकेत देखिन थालेपछि स्वास्थ्य मन्त्रालयले भिडभाड हुने सबै क्षेत्र बन्द गर्न सीसीएमसीलाई सिफारिस गरेको हो । स्वास्थ्य

तथा जनसंख्या मन्त्रालयपनि विद्यालयलगायत भीडभाड हुने सबै क्षेत्र बन्द गर्न सिफारिस गरिएको स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता समीरकुमार अधिकारीले बताए । पछिल्लो समय कोरोना भाइरसका नयाँ भेरिएन्ट

स्कुले बालबालिकाहरूमा देखिएको स्वास्थ्य मन्त्रालयको भनाइ छ । त्यसैले भिडभाड हुने रेष्टुरेन्ट, सिनेमा हल, पार्टी प्यालेस र विद्यालय लगायतका क्षेत्र बन्द गर्न मन्त्रालयले सिफारिस गरेको हो ।

केही महिनादेखि विद्यार्थी भौतिक रुपमा उपस्थित भइ पठनपाठन सञ्चालन हुँदै आएको छ । श्रोत: रातो पाटी बाट साभार गरिएको ।

प्रकाशित मिति April 9, 2021

हामीलाई फेशबुकमा लाइक गर्नुहोस