आज निर्वाचित लेखराज भट्टको सांसद पद गुम्यो आखिर किन ? पूरा पढनुहोस

अत्तरिया ।

कैलालीको क्षेत्र नम्बर ४ बाट चुनाव जितेका लेखराज भट्टको सांसद पद गुमेको छ । २०७४ सालमा नेकपा माओवादी केन्द्रबाट विजयी भएका भट्टको सांसद पद गुमेको हो । नेकपा एमाले र नेकपा माओवादी केन्द्र बिच

एकिकरण भएर निर्माण भएको तत्कालीन नेकपामा विवाद भएका बेला भट्ट ओली समुहमा लागेका थिए । अदालतले नेकपा खारेज गर्दै पुनः नेकपा एमाले र माओवादी केन्द्र व्युतिएपछि पनि भट्ट भने एमालेमै बसेका थिए । ओली

मन्त्रीमण्डलमा उद्योग बाणिज्य तथा आपुुर्ती मन्त्री बनेका भट्ट सहित मंगलबार माओवादी केन्द्रले ऊर्जामन्त्री टोपबहादुर रायमाझी, श्रममन्त्री गौरीशंकर चौधरी र सहरी विकास मन्त्री प्रभु साहलाई सांसद पदबाट हटाउन संसद

सचिवालयलाई पत्र पठाएको थियो । प्रतिनिधिसभाको बिहीबार बोलाइएको बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले नेकपा माओवादी केन्द्रले कारबाही गरेका चार सांसद पदमुक्त भएको जानकारी गराएका हुन् । सांसद पद

गएपनि उनीहरु अब ६ महिना मात्रै मन्त्री हुन पाउने छन् । नेता भट्टले २०७४ सालमा भएको चुनावमा कांग्रेसका उम्मेदवार सुनिल भण्डारीलाई १० हजार ३९९ मतान्तरले पराजित गरेका थिए । भट्टले ३१ हजार ३५९ मत ल्याउँदा

नेपाली कांग्रेसका भण्डारीले २० हजार ९६० मत पाएका थिए । संविधानको धारा ८९ (ङ) र राजनीतिक दल सम्बन्धी ऐन २०७३ ले संघ, प्रदेश र स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिहरु जुन दलबाट निर्वाचित भएको हो त्यो कार्यकाल भर त्यही दलमा रहनु पर्ने अन्यथा पद नै जाने प्रष्ट व्यवस्था गरेको छ ।

प्रकाशित मिति April 8, 2021

हामीलाई फेशबुकमा लाइक गर्नुहोस