एमालेमा पहिरो जान्छ, ओली हार्छन, माधव नेपालको जित हुन्छ: जगन्नाथ खतिवडा

काठमाडौं ।

नेकपा (एमाले) का प्रभावशाली नेता जगन्नाथ खतिवडाले पार्टीभित्र अब पहिरो जाने बताएका छन । सोमबार राति प्राइम टाईम्स टेलिभिजनबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा खतिवडाले यस्तो बताएका हुन ।

उनले प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली पार्टी फुटाउने अभियानमा लागेको आरोप लगाए । वरिष्ठ नेता खतिवडाले प्रधानमन्त्री ओलीले देशैभरि समानान्तर कमिटी बनाउने काम गरेको भन्दै आलोचना गरे ।

यसअघि नेता नेपालले नभएर बहुमत केन्द्रीय कमिटी सदस्यहरुले ओलीलाई कारबाही गरेको उनले बताए । तर, अहिले ओलीले गरेको निर्णय सबै अवैधानिक रहेको पनि उनले दावी गरे । अहिले ओलीले बनाएको कमिटी अवैद्य रहेको खतिवडाले टिप्पणी गरे ।

उनले अध्यक्ष ओलीले जतिसुकै निर्णय र कारबाहीगरे पनि आफूहरुले त्यसलाई खारेज गर्ने उद्घोष गरे । उनले विधानभन्दा बाहिर गएर गरेको निर्णय तथाकथित पाखण्डमात्रै भएको टिप्पणी गरे । उनले आफूहरु राजनीतिमा कमजोर नभएको बताए ।

सत्यको शक्ति माधव नेपाल पक्षसँग रहेको र बेईमानीको शक्ति केपी ओलीसँग रहेको पनि उनको उनले बताए । उनले अन्ततः केपी ओली हार्ने र माधव नेपालको जित हुनेपनि दावी गरे ।

प्रकाशित मिति March 30, 2021

हामीलाई फेशबुकमा लाइक गर्नुहोस