एकहप्ता भित्र आफ्नो सरकार र आफू प्रधानमन्त्री हुने प्रचण्डको यस्तो दाबी

काठमाडौ ।

एकहप्ता भित्र आफ्नो सरकार र आफू प्रधानमन्त्री हुने प्रचण्डले दाबी गरेका छन । समाचार पूरा पढनुहोस । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गठबन्धन सरकार बनाएर मधेसको मुद्दा सम्बोधन गर्ने प्रस्ताव राखेका छन् ।

बृहत नागरिक आन्दोलनले शनिबार प्रज्ञा डवलीमा गरेको कार्यक्रममा प्रचण्डले कांग्रेस, माओवादी केन्द्र र जसपा मिलेर सरकार बनाउने प्रस्ताव राखेका हुन् । मधेसको अधिकार र पहिचान विरोधी प्रवृत्तिका रुपमा केपी ओली प्रवृत्ति स्थापित

रहेको भन्दै उनले भने, ‘एक हप्ताभित्र हाम्रो सरकार बन्छ महन्थजी । तपाई हामी भएर (सम्बोधन) गरौं न, किन ओली कहाँ धाउनुहुन्छ ?’ मधेसका मुद्दा सम्बोधन गर्न आफूले दुई पटक संशोधन प्रस्ताव लैजाँदा पास हुन नदिने केपी ओली नै भएको उनले बताए ।

समाचार पढेर कस्तो लाग्यो ? आफ्नो कुनै सल्लाह सुझाव वा कुनै प्रतिक्रिया भए हामिले यश पेज मा गएर आफ्नो मन मा लागेको कमेन्ट गर्न सक्नुहुने छ । साथै समाचार पूरा पढिसकेपछि समाचार सक्दो सेयर गर्नुहोला ।

प्रकाशित मिति March 30, 2021

हामीलाई फेशबुकमा लाइक गर्नुहोस