खुसिको खबर: डब्लुएचओले पत्ता लगायो कोरोनाको स्रोत, बिश्वभर खुसियाली सक्दो सेयर गर्नुहोस

काठमाडौ ।

चिनियाँ र विश्व स्वास्थ्य संगठन डब्लूएचओले कोरोनाको स्रोत पत्ता लागेको दावी गरेको छ । डब्लुएचओको संयुक्त टोलीले गरेको अनुसन्धानमा कोरोना भाइरस चमेरोबाट मानिसमा अर्को जनावरमार्फत सरेको प्रारम्भिक प्रतिवेदन तयार पारेको छ । चमेरामा पनि अर्कै जनावरवाट कोरोना प्रवेश गरेको र मानिसमा

भने चमेरावाट सरेको दावी गरेको छ । एसोसिएटेडड प्रेस एपीलाई प्राप्त मस्यौदा प्रतिवेदनमा प्रयोगशालाबाट मानिसमा कोरोना भाइरस सरेको भन्ने यसअघिको सम्भावित आशंकामा ज्यादै न्यून सत्यता रहेको उल्लेख छ । अनुसन्धानका नतिजाहरु यसअघि अपेक्षा गरिए अनुरुप नै आएको तथा त्यसमा धेरै

प्रश्नहरु अनुत्तरित रहेका छन । यस टोलीले प्रयोगशालाबाट भाइरस बाहिरिएको बाहेक अन्य सबै पक्षमा अनुसन्धान गर्न सुझाव दिएको छ । प्रतिवेदन सार्वजनिक गर्न पटकपटक ढिलाई गरिएको छ । चिनियाँ अधिकारीहरुले प्रतिवेदनका निचोडलाई लिएर विवाद गरेको आशंका भइरहेको अवस्थामा

विश्व स्वास्थ्य संगठन डब्लूएचओका एक अधिकारीले गत सप्ताहान्तमा केही दिनभित्रै प्रतिवेदन तयार भइसक्ने जानकारी गराएका थिए । एपीले जेनेभास्थित डब्लूएचओको कार्यालयका एक कुटनीतिज्ञबाट सोमबार अन्तिम मस्यौदा प्रतिवेदन प्राप्त गरेको थियो। तर उक्त प्रतिवेदन अन्तिम चरणमा परिवर्तन हुने

वा नहुने बारेमा भने केही स्पष्ट छैन । अनुसन्धाताहरुले चार वर्गमा परिस्थितिलाई चित्रण गरेका छन । जसमा चमेरोबाट अर्को जनावर हुँदै मानिसमा कोरोनाभाइरस संक्रमण भएको स्थितिलाई प्रमुख रुपमा समेटिएको छ ।

प्रकाशित मिति March 29, 2021

हामीलाई फेशबुकमा लाइक गर्नुहोस