no-image

काठमाडौ ।

लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले कुलमान घिसिङलाई लोडसेडिङ अन्त्यको जस दिनु सही नभएको बताएका छन । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ओली

समूहको बिहीबार प्युठानमा आयोजित अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै मन्त्री पोखरेलले लोडसेडिङको अन्त्य घिसिङले नभई प्रधानमन्त्री केपी शर्मा ओली गरेको दाबी गरेका हुन ।

उनले दुई सय ५० मेगावाट विद्युत अपुग भएका बेला प्रधानमन्त्री ओलीले भारतसँग ट्रान्समिसन लाइन र विद्युत खरिद सम्झौता गरेर लोडसेडिङ अन्त्य गरेको बताए । कुलमान

घिसिङले विद्युत चुहावट मात्र नियन्त्रण गरेको उनको भनाई छ। मुख्यमन्त्री पोखरेलले लोड्सेडिङ अन्त्यको आधार प्रधानमन्त्री ओलीले तय गरेको दाबी गरे । नोट: यो खबर हामिले नागरिक न्युज बाट साभर गरेका हौउ ।

प्रकाशित मिति December 31, 2020

हामीलाई फेशबुकमा लाइक गर्नुहोस