no-image

काठमाडौ ।

तनहुँ क्षेत्र नं १ का सांसद कृष्णकुमार श्रेष्ठ (किसान) ले रामचन्द्र पौडेलले जवर्जस्त उद्घाटन गरेको पुल फेरि उद्घाटन हुने बताएका छन् । तनहुँको बुल्दीखोला पुल कसले उद्घाटन गर्ने भन्ने विवाद चर्कंदा हिजोदेखि त्यस क्षेत्र तनावमा छ ।

तनावकैबीच बिहीबार कांग्रेस नेता रामचन्द्र पौडेलको नेतृत्वमा तनहुँको बुल्दीखोला पुल उद्घाटन भएको छ । कांग्रेसका बरिष्ठ नेतासमेत रहेका रामचन्द्र पौडेलले कानून विपरीत उद्घाटन गरेको भन्दै त्यस क्षेत्रका निर्वाचित सांसद श्रेष्ठले त्यहाँ फेरि पुल उद्घाटन हुने बताएका हुन् ।

कांग्रेसका बरिष्ठ नेताले पूरै केटाकेटी व्यवहार देखाउनु भयो भन्दा देख्नेलाई लाज जस्तो भयो’ सांसद श्रेष्ठले नेपालवाचसँग भने, विधिसम्मत पुलको बुल्दीखोला पुलको उद्घाटन हुन्छ । श्रेष्ठले निर्वाचित प्रतिनिधिको उपस्थितिविना पुलको उद्घाटन हाँस्यास्पद भएको बताए ।

तनहुँ क्षेत्र नं १ को जनप्रतिनिधि मैं हुँ । पुल उद्घाटनबारे मलाई जानकारी छैन, पुल बनाउने सरकारी निकायलाई जानकारी छैन’ सांसद श्रेष्ठले भने, भौतिक पूर्वाधार मन्त्रीलाई लगेर औपचारिक रुपमा पुलको उद्घाटन गछौँ ।

अब त्यो पुल फेरि कहिले उद्घाटन गर्ने भन्ने प्रश्नमा उनले भने,‘मन्त्रीज्यूसँग सल्लाह गर्छु, पुल बनाउने कार्यालयसँग पनि सल्लाह गरेर उद्घाटन गरिन्छ । सांसद श्रेष्ठले कांग्रेसको वरिष्ठ नेता भएपनि तनहुँ निर्वाचन क्षेत्र नं १ मा आफूलाई जनताबाट पराजित नेताको रुपमा बुझ्न आग्रह गरे ।

कांग्रेस वरिष्ठ नेता हुँ भन्ने आडम्बर नदेखाउनुस्, उहाँ नेपाली कांग्रेसको वरिष्ठ नेता हुनुहोला’ सांसद श्रेष्ठले भने, ‘तर यहाँका जनताका लागि पौडेल पराजित नेता मात्र हुन् । सांसद श्रेष्ठले जनताबाट पराजित नेताले त्यही भूमिकामा बस्न जान्नुपर्ने समेत बताए ।

प्रकाशित मिति December 4, 2020

हामीलाई फेशबुकमा लाइक गर्नुहोस