खुसिको कुरा: कोरोनाकै कारण विदेश जान नपाएकालाई सरकारले सहयोग गर्ने सक्दो सेयर गर्नुहोस

काठमाण्डौ ।

सरकारले कोरोना भाइरसको कारण विदेश जान नपाएका युवालाई सहयोग गर्ने भएको छ । कोरोना भाइरसको कारण भिसा लागिसकेका नेपाली कामदारलाई अन्य देश र नेपाल सरकारले पनि रोकेको अवस्थामा धेरै युवा चिन्तित भएका छन् । तर सरकारले भने विदेश जान नपाएका युवालाई स्वदेशमै व्यवसाय गर्न सहयोग गर्ने वचन दिएको छ ।

सञ्चार तथा सूचना प्रविधिमन्त्री युवराज खतिवडाले श्रम रोजगार तथा यातायात मन्त्रालयकाे सञ्चालनमा रहेको प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत सहयोग गर्ने बताउनु भएकाे छ । नागरिकको सुरक्षाको लागि हामीले विदेश जान रोकेका छौँ । तर वैदेशिक रोजगारीमा जान नपाएका नागरिकले स्वदेशमा काम गर्न चाहेमा प्रधानमन्त्री रोजगार कार्यक्रममा सहभागी हुन सक्नुहुन्छ । म सबैलाई देशभित्रै केही इलम गर्न आग्रह गर्दछु ।

ठूलो / सानो नभनी काम गर्नुहोस् मन्त्री खतिवडाले भन्नुभयो । रोजगारीको विषयमा नआत्तिन पनि उहाँले आग्रह गर्नुभयो । वैदेशिक रोजगारी गुम्दा रेमिट्यान्समा ठूलो असर पर्ने र अर्थतन्त्रमै असर गर्छ कि भन्ने डर रहेको तर अवस्था त्यस्तो नरहेको उहाँले बताउनुभयो । रेमिट्यान्सको रकम बैंकिङ प्रणालीमार्फत आउने हो, त्यसले बैंकको तरलता अभाव हुन नदिन भूमिका खेल्छ, तर अहिले बैंकमा पर्याप्त तरलता छ, बैंकहरुसँग ६०/७० अर्ब रुपैयाँ लगानीयोग्य रकम छ, खतिवडाले भन्नुभयो ।

प्रकाशित मिति March 19, 2020

हामीलाई फेशबुकमा लाइक गर्नुहोस