कोरोना विरु’द्ध लड्न तयारी बढाएका छौँ : प्रधानमन्‍त्री ओली..

कोरोना (कोभिड–१९) भाइरसविरुद्ध सार्क मुलुकले साझा रणनीति बनाउनुपर्ने प्रधानमन्त्री ओलीले बताएका छन्।

सङ्क्रमण फैलिन नदिन दक्षिण एशियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) सदस्य मुलुकका राष्ट्राध्याक्ष एवम् प्रधानमन्त्रीबीच आइतबार साँझ भएको भिडियो कन्फरेन्समा सम्बोधन गर्दै ओलीले यस्तो बताएका हुन्।

प्रधानमन्त्री ओलीले अस्पतालको क्षमता बढाएको, रक्षात्मक उपकरण र स्वास्थ्यकर्मीलाई प्रेरित गर्न सुविधा बढाएको प्रष्ट पारे। ‘हामीले अस्पतालको क्षमता बढाइराखेका छौँ’, उनले भने, ‘साथै स्वास्थ्यकर्मीलाई उत्प्रेरित गर्न रक्षात्मक उपकरण र सुविधा प्रदान गरेका छौँ’ कोरोना भाइरसविरुद्ध लड्न तयारी बढाउन विभिन्न उपाय अपनाएको उनको भनाइ छ।

प्रकाशित मिति March 15, 2020

हामीलाई फेशबुकमा लाइक गर्नुहोस