no-image

कोरोना भाइरको त्रासले भर्खरै जन्मेकी छोरीलाई शौचलयमा छोडेर एक आमा भागेकी छिन् । चीनको एक सार्वजनिक शौचालयमा १० दिनकी एक बालिकालाई छाडेर आमा भागेकी हुन् । बालिकालाई एक बटुवाले देखेपछि पुलिस र प्रशासनलाई जानकारी दिएपछि बालिकाको उद्धार गरिएको थियो । चीनको सिचुआन प्रान्तको मियानयांग शहरमा झाओ नामका व्यक्ति सार्वजनिक शौचालय प्रयोग गर्न गएका थिए ।

उनले एक क्युबिकलभित्रबाट बालिका रोएको आवाज सुनेपछि नजिक गएर हेर्दा बालिका शौचालयको चिसो भुइँमा नाङगो अवस्थामा कठ्याङ्ग्रिएकी थिइन् । बालिका जोडजोडले रोइरहेकी थिइन् । यस्तो देखेपछि झाओले पुलिसलाई खबर गरे र तत्कालै पुलिस र स्वास्थ्यकर्मीको टोली घटनास्थल पुगेर बालिकाको उद्धार गरेको थियो । बालिकालाई सुरुमा शहरको कोरोना क्वारेन्टाइन सेन्टर लगिएको थियो । पुलिसले कुनै कोरोना पीडित महिलाले बालिकालाई त्यहाँ छाडेको आशंका गरेको छ ।

बालिकाको कोरोना परीक्षण भइसकेको छ । अहिले बालिकामा संक्रमण देखिएको छैन, यदि देखिए उनको पूरा उपचार हुने डाक्टरले बताएका छन् । उक्त बालिकाको डीएनए नमूना लिएर मातापिताको खोजी भइरहेको छ । चीनमा एक भन्दा धेरै बच्चा जन्माउन नपाइने नियम भएकोले एकभन्दा धेरै बच्चा भएमा मातापिता कानुनी झमेलाबाट बच्न यसरी बच्चा छाड्ने गरेका छन् । चीनमा यसरी बच्चा छाड्नेलाई ५ वर्ष कैद सजाय हुन्छ ।

एजेन्सी

प्रकाशित मिति March 13, 2020

हामीलाई फेशबुकमा लाइक गर्नुहोस