no-image

काठमाडौं । नेपालकै चर्चित रियालीटी शो ‘नेपाल आइडलको तेश्रो संस्करण प्रसारण भईरहेकोछ ।

गायन प्रतिभाहरुको खोजी गर्ने यस रियालीटी शो पौष ३ गते बिहिबारदेखी एपी वानएचडी टेलिभिजनबाट प्रशारण भएको हो ।

यो रियालीटी शो अब प्रत्येक बिहिबार र शुक्रवार एपी वानएचडी टेलिभिजनबाट बेलुकाको ८ बजेर ३० मिनेटमा प्रसारण हुँनेछ ।

गएको बर्ष पनि प्रशारण भएको यस रियालीटी शोलाई दर्शकले निकै रुचाएका थिए ।

गएको बर्षको नेपाल आइडलको दोस्रो संस्करणको विजेता रवि वोड बनेका थिए ।

अब नेपाल आइडलको तेस्रो संस्करणको विजेता को बन्छ, त्यो हेर्न बाकीँ नै छ ।

गायन प्रतिभाहरुको खोजी गर्ने क्रममा देशका मुख्य ६ वटा सहरमा गरिएको ।

अडिसनपछी बिहिबारबाट कोका कोला नेपालको प्रस्तुतीमा नेपाल आइडल’ को तेश्रो सिजन शुरु हुदैछ ।

यस रियालीटि शोका निर्देशक सुरेश पौडेल हुन् भने जजमा इन्दिरा जोसी, काली प्रसाद बास्कोटा, न्युबज्रचार्य रहेकाछन् ।

प्रकाशित मिति February 27, 2020

हामीलाई फेशबुकमा लाइक गर्नुहोस