आमालाई धर्ती भन्नेहरुले, बालाई कहिल्यै आकाश भनेनन् ।हरेक नेपालीको बा हरु प्रती समर्पित

मैले धेरै पढेँ, आमाका बेदनाका कथाहरु तर कहिल्यै पढिन । बाका अनुहारमा सलबलाएका दु:खका बक्र रेखाहरु, धेरै पटक कविहरुले आमाकै तारिफमा कबिता कोरे ।

आमाकै गीत भरे। आमालाई धर्ती भन्नेहरुले, बालाई कहिल्यै आकाश भनेनन् । र त , बा सँधै ओझेल परे ।

बारीको डीलमा चुपचाप ठिंग उभिएको बूढो रुख झैं, बा कहिल्यै उभिएनन् ।

भन्ज्यांगको चौतारी झैं ढसमस्स बसेनन् बा कहिल्यै बा त हाम्रो अँधेरो मेटाउन मैन झै जलिरहे ।

हाम्रा खुसी समेट्न मोनो रेल झैं चलिरहे। जिन्दगी भर कुदिरहे कुदिरहे ।

थाकेर सुइय नगरि सँधै एक्लै कुदिरहे । त्यसैले त अग्लिदैछ एक्लोपनको हिमाल बाको मनभित्र ।

प्रकाशित मिति February 25, 2020

हामीलाई फेशबुकमा लाइक गर्नुहोस