जागिर गरेर परिवार पाल्न पनि मुस्किल भएपछि जागिर छाड्दै आर्मी पुलिस

नेपालमा सरकारी जागिरमा निकै ठूलो आकर्षण छ ।दिनरात मेहेनत गरेर पढ्ने र जागिर खाने प्रायः नेपाली युवाको सपना नै रहने गरेको छ ।निजामतीसहितका विभिन्न ।

सेवा, संस्थान, बैंक तथा वित्तीय संस्था र सुरक्षा निकायहरूमा सरकारी जागिरको अवसर प्राप्त हुन्छ । सरकारी जागिरमा एकपटक नाम निकालिसकेपछि हत्तपत्त जागिर छाड्ने गरेको ।

पाइन्न, तर नेपाली सुरक्षा संयन्त्रको हकमा भने त्यो लागू हुँदैन अहिले नेपाल प्रहरीमा राजीनामा दिएर जागिर छाड्नेको संख्या दिनानुदिन बढिरहेको छ ।

नेपाल प्रहरीको तथ्यांक हेर्ने हो भने हरेका वर्ष जगिर छाड्नेहरूको संख्या बढेको देखिन्छ । आर्थिक वर्ष २०७४/०७५ मा २ हजार ५ सय ६४ जनाले जागिर छाडेका थिए भने ।

आर्थिक वर्ष २०७५/२०७६ मा ३ हजार ७३ जनाले जागिर छाडे । त्यसअघि आर्थिक वर्ष २०७४/०७५ मा नेपाल प्रहरीमा ७२ हजार ७ सय ४४ जनाको दरबन्दी ।

रहेकोमा २ हजार ५ सय ६४ जनाले राजीनामा दिएका थिए । यो दरबन्दीको ३.५२ प्रतिशत हो । आर्थिक वर्ष २०७५/०७६ मा बढेर ४.०५२ प्रतिशत भयो, अर्थात् ७५ हजार ९ सय २९ दरबन्दी रहेको नेपाल प्रहरीमा ३ हजार ७३ जनाले राजीनामा दिए ।

यसरी बर्सेनि जागिर छाड्नेको संख्या बढिरहे पनि प्रहरी प्रवक्ता डीआईजी शैलेश थापा क्षेत्री भने यसलाई सामान्य मान्नुपर्ने बताउँछन् नेपाल प्रहरीमा पहिरो नै गएको भनिएको छ, त्यो होइन ।

७५ हजार भन्दा धेरै संख्यामा कर्मचारी भएको प्रहरीमा ४ प्रतिशतले राजीनामा दिनु समान्य विषय हो जस्तो लाग्छ,’ डीआईजी क्षेत्रीले लोकान्तरसँग भने ।

संख्यात्मकरूपमा यसको ठूलो महत्त्व होला, नहोला तर प्रहरी कर्मचारीले जागिर छाड्ने कारणतर्फ हेर्ने हो भने यो निकै गम्भीर छ प्रहरीमा मात्र होइन, सेनामा पनि जागिर छाड्ने क्रम रहेको पाइन्छ ।

पछिल्लो १७ महिनामा उपदानमा राजीनामा र राजीनामा दिनेको संख्या १ हजार ६७ रहेको छ । नेपाली सेनाको जनसम्पर्क निर्देशनालय जङ्गी अड्डाले ।

उपलब्ध गराएको तथ्यांकमा उपदानमा राजीनामा दिने अधिकृत तहका २९ जना र १ जनाले विना उपदान राजीनामा दिएका छन् प्रहरीको तलबले बालबच्चा पाल्नै गाह्रो ।

प्रहरीहरूले जागिर छाड्नुको एउटा प्रमुख कारण, न्यून तलबमान हो महिनाभरी दुःख गरेर प्राप्त हुने तलबले परिवार पाल्न पनि मुस्किल पर्ने भएपछि जागिर छाड्ने गरेको प्रहरी कर्मचारीहरू बताउँछन्वि।

कल्पको खोजीमा प्रहरी कर्मचारीहरूले जागिर छाड्ने नेपाल प्रहरीका पूर्व एआईजी नवराज ढकाल बताउँछन् । ‘प्रहरीमा जागिर छोडेकाले प्रहरीमाभन्दा राम्रो सेवा सुविधासहित अन्य ठाउँमा जागिर पाउने भएकाले नै छोडका हुन् ।

आर्थिक स्थितिमा सुधार आउने हुनाले अन्य जागिरमा अकर्षण देखिएको हो,’ पूर्व एआईजी ढकालले लोकान्तरसँग भने । जीवनको ऊर्जावान समय प्रहरीमा व्यतित गरेपछि ४५/५० वर्षको उमेरमा के गर्ने भन्ने टुंगो नहुँदा पनि समय छँदै  ।

जागिर छाडेर अर्को पेशामा करिअर बनाउने गरेको ढकाल बताउँछन् ।प्रहरी सेवाको प्रकृति अत्यन्त कठिन र लामो समयसम्म ड्यूटीमा खटिनुपर्ने, घर–परिवारसँग टाढा भएर बस्नुपर्ने भएकाले पनि कतिपयले जागिर छाडेको उनको बुझाइ छ ।

नेपाली सेनाका पूर्व उपरथि बालानन्द शर्मा पनि बाहिर राम्रो विकल्पको खोजीमा सुरक्षा निकायबाट जागिर छाड्ने गरेको बताउँछन् । पल्टनमा काम गरेकाले ।

पल्टनमाभन्दा बाहिर धेरै सेवासुविधा पाउने भएकाले पनि कतिपयले राजीनामा दिएको देखिन्छ,’ उनले भने ।तलबमा सुधार जरुरी छ’ सुरक्षाकर्मीहरूको जागिर छाड्ने क्रमलाई न्यूनीकरण गर्न ।

सेवासुविधामा सुधार गर्नुपर्ने पूर्व एआईजी नवराज ढकाल बताउँछन् विषेश गरेर तल्लो तहका कर्मचारीको सेवासुविधा र तलब अकर्षक बनाउनुपर्छ, जागिर अवधिमा आवास गृहको व्यवस्था गर्नुपर्छ,।

उनले भने नेपालको पल्टनमा सेवा सुविधाको बारेमा सोच्नुपर्ने अवस्था रहेको पूर्व उपरथि बलानन्द शर्माले बताए ।‘पल्टनमा काम गरेकाका लागि बाहिर राम्रो सेवा सुविधामा जागिर पाइन्छ,।

त्यसैले यता छाडेर बाहिर जाने गरेका छन्,’ शर्मा भन्छन्, ‘सेवा सुविधाका लागि सोच्नुपर्ने अवस्था छ ।राजीनामा दिने साहयक तहका बढीनेपाल प्रहरी र नेपाली सेनामा साहयक तहका कर्मचारीले बढी राजीनामा दिने गरेको देखिन्छ ।

प्रहरी प्रधान कार्यालयले उपलब्ध गराएको तथ्यांकलाई हेर्ने हो भने आर्थिक वर्ष २०७५/०७६ मा प्रहरी हवल्दार र प्रहरी जवानको दरबन्दी ५९ हजार १ सय ५० छ जसमध्ये २५ सय ११ जनाले राजीनामा दिएका छन् ।

आर्थिक वर्ष २०७४/०७५ मा पनि सोही समूहका कर्मचारीले राजीनामा दिएका छन् । ५६ हजार ६ सय ७ दरबन्दी रहेकोमा २१ सय ९ जनाले राजीनामा दिएको देखिएको छ ।

यता नेपाली सेनामा प्रधानसेनापति पूर्णचन्द्र थापा आएपछिको तथ्यांकमा साहयक तहको जुनियर कमिसन अफिसर (जेसीओ) अर्थात् पदिक तहका ११ सय ७७ जनाले राजीनामा दिएको ।

देखिएको छ ।सैनिक जनसम्पर्क निर्देशनालयले उपलब्ध गराएको तथ्यांकमा उपदानसहितको राजीनामामा ११ सय ३१ जना छन् भने उपदान बाहेकको राजीनामा दिने ४६ जना छन् ।

निवृत्तिभरण पक्का भएपछि राजीनामा दिने ७५ सय १० जना छन्, जसमा रथि ६ जना, अधिकृत तहका ६३ जना, जुनियर कमिसन अफिसर (पदिक) १६ सय ८ जना, जुनियर ।

नन् कमिसन अफिसर ५६ सय १५ जना र बन्दोबस्ती कार्य सिपाही २ सय १८ जना रहेको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ ।नेपाली सेनामा १० हजार दरबन्दी रिक्त नेपाली सेनामा विभिन्न कारणले हाल १० हजार २ सय २७ दरबन्दी रिक्त छ ।

सैनिक जनसम्पर्क निर्देशनालयका अनुसार रथी पदमा ३२ जना, अधिकृतमा १ सय ६३ जना, जुनियर कमिसन अफिसर (पदिक) पदमा १ हजार ७ सय ५२ जना, जुनियर नन् कमिसन अफिसरमा ७ हजार ९ सय ४२ जना र बन्दोबस्ती कार्य सिपाहीमा ३ सय ३८ जना गरी १० हजार २ सय २७ जनाको दरबन्दी रिक्त छ ।

सेनामा ८ सयभन्दा धेरै भगौडा ८ सय ६४ जना भागेर सेनामा नर्फकिएको देखिएको छ ।विक्रम सम्वत् २०७५ सालको वैशाखदेखि ०७६ साल पुस २३ गतेसम्म ।

नेपाली सेनामा अधिकृत १० जना, पदिक ६ जना, जुनियर नन् कमिसन अफिसर ७ सय ९२ जना र बन्दोबस्ती कार्य सिपाही ५६ जना भागेको सैनिक जनसम्पर्क निर्देशनालयले उपलब्ध गराएको तथ्यांकमा उल्लेख छ ।

प्रकाशित मिति February 19, 2020

हामीलाई फेशबुकमा लाइक गर्नुहोस