कमेडी च्याम्पियनबाट बाहिरिएका सुमन कार्कीले सम्झिए खबापु र दले दाईको उपध्रो (भिडियो)

काठमाडौ । नेपालको पहिलो कमेडी रियालिटी शो ‘कमेडी च्याम्पियन’को टप ४ सम्म पुगेर प्रतिस्पर्धी सुमन कार्की बाहिरिएका छन् । आफुले दमदार प्रस्तुति दिंदादिंदै कम भोट पाएको कारण आफु बाहिरिएको स्वीकारेका सुमन अहिले खुशी नै छन् ।

क्यानाडा नेपालसंगको कुराकानीमा सुमनले आफु बाहिरिएकोमा दुखि भन्दा बढि खुशी भएको उल्लेख गरेका छन् । कमेडी च्याम्पियनमा रहेका प्रतिस्पर्धीहरु सबै नै भाग्यमानी हुन् ।

भन्ने उनको बुझाई रहेको छ । आफ्नो कलालाई लाखौं सम्म पुगेको भन्दै भोट कम पाएर बाहिरिनु परेकोमा दुखी नभएको सुमनले सुनाए बरु शोको क्रममा भएको रमाईलो देखि साथीहरुको उपध्रोलाई चाही मिस गरिरहेका छन् ।

सुमन कोईराला र खबापुको उपध्रोलाई सम्झिदै सुमन कार्कीले भने, “हामी आफ्नो प्रस्तुतिको तयारी गर्दा होस् या स्क्रिप्टमा सल्लाह गर्दा, संधै रमाईलो हुने गर्थ्यो र एक अर्कालाई सहयोग गर्दै ।

प्रस्तुति तयार गर्ने गर्थ्यौ । प्राय सबैको आ-आफ्नै खुबी छ र सबैले जित्न सक्ने सम्भावना छ तर जसले भोट बढि पाउँछ उसैले २० लाख पैसा लान पाउछ ।

हामीले त जसले जितेपनि २० लाख भाग लाउने भनेर सल्लाह समेत गरेका थियौ । त्यस्तो राम्रो दोस्ती थियो हाम्रो शो भित्र हुँदा ।”सुमन कार्की अब नयाँ कार्यक्रम टिभीमा वा युट्युबमा ।

प्रकाशित मिति February 19, 2020

हामीलाई फेशबुकमा लाइक गर्नुहोस