एकाबिहानै प्रहरीले फोनमा भन्यो- खु,रु,क्क चौकी आउने कि भ्या,न पठाउँ

टेकनबहादुर थापा चीनको बेइजिङबाट फर्केको चार दिन भयो। काठमाडौं आएदेखि एकपल चैनको सास फेर्न पाएका छैनन् ।

सतुंगल बस्ने टेकनलाई छिमेकीहरू शंकाको आँखाले हेर्छन् । धेरैले त उनीसँग बाेलीचाली पनि बारेका छन् ।

छिमेकीको शं,का दूर गर्न उनले टेकु अस्पताल गएर जचाए, तै धर पाएका छैनन् । उनी आफ्नो स्वास्थ्य रिपोर्ट खल्तीमै बोकेर हिँड्छन् सोध्न आउनेलाई त्यही देखाउँछन् ।

कति चुप लाग्छन्, कति नपत्याएर केरकार गर्न थाल्छन्।मलाई कोरोना लागेको भए उहीँ चीनमै मर्थें, नेपाल आउँदिन थिएँ ।

मेरो परिवारलाई किन सार्थें? मेरो परिवार मलाई । प्यारो छैन र?’ टेकनले भने, ‘अचम्म लाग्यो, नेपालमा मैले सोच्दै ।

नसोचेको घटना भयो । टेकन होटल म्यानेजमेन्टको इन्टर्नसिप गर्न दस महिनाअघि बेइजिङ पुगेका थिए । कोरोना भाइरसको प्रकोपले चीनका होटल रित्ता भएपछि ।

उनी उतै जचाइवरी फागुन ३ गते काठमाडौं फर्केका हुन्।समस्याको सुरूआत फर्केको भोलिपल्टै भयो।फागुन ४ गते बिहानै सतुंगल प्रहरी । चौकीका इन्स्पेक्टरले उनलाई फोन गरेर ।

भने, ‘खुरुक्क चौकी आउने कि भ्यान पठाउँ।’टेकन तर्सिए।चीनबाट फर्किंदा कुन्मिङमा १७ घन्टा ट्रान्जिटमा बिताउनुपरेकाले उनी थाकेका थिए ।

बिहान ९ बज्नै लाग्दा पनि ओछ्यानबाट उठेका थिएनन्। एक्कासि प्रहरीले घरबेटीको फोनमा फोन गरेपछि उनको हंसले ठाउँ छोड्यो। विस्तृत कारण उनले बुझेकै थिएनन् ।

प्रहरी चौकी पुगेपछि मात्र थाहा पाए । उनीविरूद्ध उजुरी परेको रहेछ। बेइजिङबाट आउँदा ‘कोरोना भाइरसको संक्रमण बोकेर ल्याएको र घरमै लुकेर बसेको’ भन्दै ।

छिमेकीहरूले वडा कार्यालय मार्फत्उ जुरी दिएका रहेछन् । भाइरसको भन्दा बढ्ता डर टेकनलाई अब प्रहरीको भयो । छिमेकी हरूले गर्ने शं,काको भयो ।

बेइजिङबाट नेपाल आउने क्रममै उनको शरीरको तापक्रम बीसौंचोटि नापिएको थियो । सबभन्दा पहिला, बेइजिङ एयरपोर्ट छिर्नासाथ गेटैमा तापक्रम जाचियो ।

सुरक्षा जाँच र बोर्डिङ पास लिने ठाउँमा फेरि नापियो।कुन्मिङको १७ घन्टे ट्रान्जिटमा हरेक दुई घन्टामा परीक्षण हुन्थ्यो । पटक-पटक जाँच्दा पनि तापक्रम स्थिर देखिएपछि उनी नेपाल उड्न पाएका थिए।

प्रकाशित मिति February 19, 2020

हामीलाई फेशबुकमा लाइक गर्नुहोस