यी हुन आफ्नै मालिक्नी कार्कीको वि’भत्स तरिकाले ह’त्या गर्ने, यस्तो छ वास्ताविकता

काठमाडौँ । पूर्वसचिव अर्जुन कार्कीका घरेलु कामदारले उनकी पत्नी मुना कार्कीको ‘ह’त्या गरी आ’त्मह’त्या’ गरेका छन् । ललितपुर उपमहानगरपालिका–२, सानेपास्थित घरमा आइतबार बिहान कामदार विजय चौधरीले कार्कीको घाँटीमा डो’रीले क’सेर र टाउकामा पि’र्काले हा’नेर ह’त्या गरी आ’त्महत्या गरेको प्रहरीको दाबी छ ।

प्रहरीका अनुसार घटनास्थल पुग्दा पूर्वसचिव कार्कीकी ४९ वर्षीया श्रीमती भान्साकोठामा रग’ताम्य अवस्था अचेत फेला परेकी थिइन् । कामदार दाङ, लमहीका २२ वर्षीय चौधरी भने घाँटीमा हरियो नाइलनको डोरी कसिएर मृ’त अवस्थामा फेला परेका थिए । कान्तिपुर दैनिकमा स्वरूप आचार्य र मातृका दाहालले समाचार लेखेका छन् ।

घटनाबारे सूचना पाएलगत्तै सानेपा वृत्तबाट प्रहरी निरीक्षकको नेतृत्वमा एउटा टोली त्यहाँ पुगेको थियो । घटना हुँदा पूर्वसचिव कार्की पशुपतिमा रुद्री पूजा लगाउन गएको महानगरीय प्रहरी परिसर ललितपुरका प्रमुख एसएसपी टेकप्रसाद राईले जानकारी दिए । ‘कार्कीजी फर्किएपछि बीभत्स दृश्य देखेर चिच्याउँदै बाहिर निस्कनुभएछ । त्यसपछि उहाँले वा छिमेकीमध्ये कसैले प्रहरीलाई खबर गर्नुभएछ,’ उनले भने ।

प्रहरीले सानेपाकै स्टार अस्पतालबाट एम्बुलेन्स बोलाएर कार्कीलाई उपचारका लागि पठाएको थियो । ‘घटनाबारे हल्लाखल्ला भएपछि जम्मा भएका छिमेकीमध्ये एकजना महिला चिकित्साकर्मी हुनुहुँदो रहेछ, उहाँले पल्स भएको आशंका गरेपछि प्रहरीले अस्पताल पठाएको थियो,’ एसएसपी राईले भने, ‘तर अस्पतालले त्यहाँ पुर्‍याउनुअघि नै मृ’त्यु भइसकेको बताएको छ ।’

प्रहरी पुग्दा कामदार चौधरी डाइनिङ कोठाको भुइँमा मृ’त अवस्थामा लडिरहेका थिए । ‘उसको घाँटीमा नाइलनको हरियो डोरी बेस्सरी कसिएको थियो, उक्त डोरी माथि लबीको रेलिङमा बाँधिएको डोरीबाट छिनेको जस्तो देखिन्छ,’ उनले भने, ‘हामी अनुसन्धान गर्दैछौं । पोस्टमार्टमका लागि दुवै शव पाटन अस्पताल पठाएका छौं । अबेर रातिसम्ममा रिपोर्ट आउने सम्भावना छ । त्यसपछि केही निर्क्योल गरेर भन्न सकिन्छ ।’

महानगरीय प्रहरी परिसर ललितपुरका डीएसपी सन्तोष तामाङका अनुसार चौधरी २०६६ सालदेखि कार्कीको घरमा बस्दै आएका थिए । उनैले मुनाको ह’त्यापछि आ’त्मह’त्या गरेको प्रारम्भिक अनुसन्धानबाट देखिएको छ । ‘भान्साकोठामा रहेकी मुनालाई पछाडिबाट गएका चौधरीले घाँटीमा डो’री अल्झाएर लडाएपछि प्लास्टिकको पिर्काले टाउकोमा हा’नेको देखिन्छ,’ उनले भने, ‘घटना घटाएपछि वि’क्षिप्त बनेका उनी आफैंले पनि डोरीको पासो लगाएर आ’त्मह’त्या गरेको हुन सक्छ ।’

पूर्वसचिव कार्कीकी छिमेकी राष्ट्रिय सभाकी सांसद तथा गायिका कोमल वली कार्की चिच्याएको सुनेपछि दाइसँग त्यहाँ गएकी थिइन् । कार्कीको घर वलीको ठीक पछाडि छ । ‘हामी पुग्दा ज्वाइँसाहब चिच्याइरहनुभएको थियो, दाइले घर पुग्नुअघि नै प्रहरीलाई खबर गरिसक्नुभएको थियो । हामी भित्र गएर हेर्दा काम गर्ने केटो डाइनिङमा लडिरहेको थियो । भान्सामा रगतको आहालमा मुना लडिरहेकी थिइन्,’ उनले भनिन्, ‘प्रहरी आएर हेरेपछि छिमेकी नर्स बहिनीले पल्स चेक गरिन् । घाँटीमा पल्स रहेको जस्तो लागेको बताएपछि हामीले उनलाई तन्नामा बेरेर बाहिर निकाल्यौं र एम्बुलेन्समा हालेर अस्पताल पठायौं ।’ वलीका अनुसार पूर्वसचिव कार्की उनको टाढाको नातामा ज्वाइँ पर्छन् ।

स्टार अस्पतालका एमडी डा. शैल रूपाखेतीका अनुसार एम्बुलेन्स पठाइदिन फोन आएपछि चिकित्सकहरू पनि उपचारका लागि तयारी अवस्थामा बसेका थिए । ‘कार्कीलाई इमर्जेन्सीमा ल्याएलगत्तै डा. मन्जिता बज्राचार्यले उहाँको पल्सलगायत जाँच गर्नुभयो, सबै नील थियो,’ उनले भने, ‘त्यसपछि उहाँहरूले रिभाइभ गर्न सकिन्छ कि भनेर सीपीआर (कार्डियाक पल्मनरी रिसेस्टेसन– बन्द भइसकेको मुटुलाई पुनः चलाउने प्रयास) गर्नुभयो । त्यो उहाँहरूले लगभग ४५ मिनेटसम्म कोसिस गर्नुभयो । त्यसपछि पनि रिभाइभ भएन ।’

प्रहरीले अचेत अवस्थामा अस्पताल पठाएको भने पनि अस्पताल ल्याउँदा उनको मृत्यु भइसकेको डा. रूपाखेतीले बताए । अस्पताल प्रशासनले सोही आधारमा ‘ब्रट डेड’ (अस्पताल ल्याउँदा मृत्यु भइसकेको) भनेर ‘डेथ सर्टिफिकेट’ (मृत्युको प्रमाणपत्र) जारी गरेको छ । ‘पछि अस्पतालका न्युरो सर्जनले पनि आएर टाउकामा लागेको चोट हेर्नुभयो, उहाँको भनाइअनुसार कुनै धार नभएको वस्तुले टाउकामा धेरैचोटि प्र’हार गरेको जस्तो देखिन्छ,’ उनले भने, ‘कार्कीको घाँटीमा र हातमा डोरीले बाँधेको नीलडाम र दायाँ आँखामुनि का’टेको दाग छ ।’

भान्सामा पिर्काजस्तो प्लास्टिकको हरियो सानो टुल टुक्राटुक्रा भएको अवस्थामा फेला परेको घटनास्थलमा सुरुदेखि खटिएकी ललितपुर परिसरकी एसपी तथा प्रवक्ता दुर्गा सिंहले बताइन् । ‘त्यहाँ एक बन्डल नाइलनको डोरी पनि फेला परेको थियो, टेबुलमाथि दुईवटा मोबाइल र कैंची थियो,’ उनले भनिन्, ‘ग्यास स्टोभमाथि आलु बसालिएको थियो । साग पनि काटेर पकाउन ठिक्क पारिएको थियो । स्टोभमा राखेको कुकरमा पनि रगतका छिटाहरू देखिएका छन् ।’

सानेपा खरीबोटस्थित प्रहरी बिटको आडैबाट पश्चिमतर्फ छिर्ने गल्लीबाट लगभग २०० मिटरभित्र छिरेपछि पूर्वसचिव कार्कीको घर पुगिन्छ । प्रहरीका अनुसार बिहान कक्षा ५ मा अध्ययनरत १२ वर्षीय छोरालाई स्कुल पुर्‍याएर ड्राइभर फर्किएलगत्तै उनी त्यही गाडी लिएर पशुपतिनाथ मन्दिरमा रुद्री लगाउन गएका थिए । घर फर्किंदा बन्द गेट कसैले नखोलेपछि कार्की आफैंले गेट खोलेर गाडी पार्किङमा राखी भित्र प्रवेश गरेका थिए । घरभित्रको कोठामा बी’भत्स घटना देखेपछि उनी गलामा लगाएको रुद्राक्ष र सयपत्रीको माला तथा प्रसादको झोला भान्सामै फ्याँकेर चिच्याउँदै बाहिर निस्किएका थिए ।

प्रहरीले घटनापछि वि’क्षिप्त अवस्थामा रहेका कार्कीसँग सामान्य कुराकानी मात्रै भएको र बाँकी सोधपुछ छिट्टै गरिने बताएको छ । पत्नी मुनाको महिनावारी भएका कारण अर्जुन एक्लै पशुपति मन्दिर गएको प्रारम्भिक सोधपुछमा खुलेको प्रहरीले जानकारी दिएको छ ।

परिसर प्रमुख एसएसपी राईका अनुसार घटनास्थलको मुचुल्का र ‘क्रा’इम सिन’ विश्लेषण गर्न पाटन अस्पतालबाट चिकित्सकहरूलाई बोलाइएको थियो । फरेन्सिक जाँचका लागि

प्रकाशित मिति February 11, 2020

हामीलाई फेशबुकमा लाइक गर्नुहोस