बिष्णुमाया लो लाई आयो- अहिलेसम्मकै धेरै सहयोग

बिगत १ बर्ष भन्दा लामो समयदेखि क्यान्सर लागेका आफ्नो आमा बुवाको उपचार गराईरहेकी १६ बर्षकी छोरी बिष्णु माया लो पछिल्लो समय युटुब मिडियामा भाईरल भईन् । आमा बुवाको रेखदेख गरी उपचारद्धारा निको पार्छु भनेर आफ्नो ११ पछिको पढाई पनि छोडेकी बिष्णुमाया आमा बुवाको उपचार गर्न पैसा नभएपछि र ऋणले छोपेपछि तनावमा आईन् ।

धेरै मिडियामा गुहारिन तर केहि नभएपछि फेसबुक लाईभबाट रुदै सबैसँग आमा बुवालाई बचाउन आग्रह गरिन् । उनले भिडियोमा सामाजिक अभियन्ताहरु शिशिर भण्डारी र भाग्य न्यौपानेलाई आमा बुवालाई सहयोग गर्न आग्रह गरेकी थिईन् । उक्त भिडियो भाईरल बन्यो । बिष्णुमाया लोको आमा बुवाप्रतिको सम्मान र माया दखेर सबैको मन पग्लियो र सहयोगको ओईरो लाग्यो तर त्यसको १ दिनपछि बिष्णुले आफ्नो आमा गुमाईन् ।

उनी प्रति झनै सबैलाई माया लाग्यो र उनको आमा गुमेपनि बुवालाई बचाउनुपर्छ भनेर सबै लागे । यर्सबिच शिशिर भण्डारी ५ लाख भन्दा माथिको सहयोग लिएर बिष्णुको घरमा पुगे ।

प्रकाशित मिति February 11, 2020

हामीलाई फेशबुकमा लाइक गर्नुहोस