शेखर कोइराला सभापति, गगन थापा महामन्त्री

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस अहिले आन्तरिक विवादमा रुमल्लीएको छ । असन्तुष्ट पक्ष र सन्तुष्ट पक्षका आ-आफ्नै गुटका भेलाहरु अहिले पार्टी केन्द्रीय कार्यलय देखि नेताहरूका निवास सम्म गुटगत भेलाहरु चलिरहेका छ्न् ।

पार्टी केन्द्रीय कार्यलय सानेपामा चलिरहेको असन्तुष्ट समूहको भेलामा आगामी १४ औं महाधिवेशनको कुरालाई लिएर महाधिवेशन केन्द्रीत बहसको पनि सुरुवात भएको छ । आगामी महाधिवेशनमा अहिलेका सभापति शेर बहादुर देउवालाई टक्कर दिने गरि उम्मेदवार चयन गर्नुपर्ने कुराले पनि प्राथमिकता पाएको छ ।

आखिर सन्तुष्ट वा असन्तुष्ट जे भनेपनी कांग्रेस भित्रको मूल विवाद नै आगामी १४ औं महाधिवेशनमा कस्को जित सुनिश्चित गर्ने भन्नेमा नै केन्द्रीत छ बाँकी त सब तपशिलका कुरा न हुन् । कांग्रेस भित्र निर्णायक रहने । ठानिएको कोइराला परिवारबाटै साझा उम्मेद

आकलन सहित आगामि चुनावपछि गठन हुने सरकारको नेतृत्व भने हालका महामन्त्री शंशाक कोइरालाले गर्नसक्ने सम्भावना छ । पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेललाई राष्ट्रपतिको उम्मेदवार बनाउने समझदारी समेत भएको स्रोतको दावी छ ।

सभापति देउवाको शैलीको विरोध गर्दै एक ठाउँमा उभिन आईपुगेका रामचन्द्र पौडेल र कृष्ण सिटौला समूहलाई एकै समूहमा उभ्याउने कसरतमा दुबै पक्षका नेताहरु जोडतोडले लागेका छन । अर्को समूहको नेतृत्व गरेका कृष्ण सिटौलालाई सम्मानजनक पद दिने ।

तयारी छ । बहुमतको बलमा पार्टीभित्र अधिनायकवादी शैलीमा अगाडि बढिरहेका आफ्ना समूहका केही सदस्यको झुकाव देउवा पक्षतिर भएको भन्दै आफ्नो समूहलाई एकीकृत पार्ने र आफ्नु समूह एक रहेको सन्देश दिने गृहकार्य समेत चलिरहेको र त्यसैको आधारमा नै आगामी महाधिवेशनको तयारीमा समेत लागेको एक कांग्रेस नेताले जानकारी दिए ।

पौडेल र सिटौला समूह एक ठाउँमा उभिने हो भने देउवा पक्षलाई पराजित गर्न सकिने प्रशस्त सम्भावना रहेको असन्तुष्ट समूहको आकलन छ । आगामि दिनमा देउवाले गरेका गलत कामको भण्डाफोर गर्दै अहिले देउवा पक्षका भनिएका केही नेताहरूलाई समेत आफ्नो पक्षमा पार्न प्रयास गरिने समेत ती नेताले जानकारी दिए

प्रकाशित मिति January 10, 2020

हामीलाई फेशबुकमा लाइक गर्नुहोस