दुर्गेश थापाको ‘बिर गोर्खाली ‘ सार्बजनिक (भिडियो सहित)

दुर्गेश थापाको बिर गोर्खाली सार्बजनिक पहिलो पटक रमेश प्रसाई संग दुर्गेश थापाले सहकार्य गरेको छ । आफ्नो देशको सिमा पराइ देशले मिचेको सम्बन्धलाई निकै खुलेर उठाएको छ। गायक तथा मोडल दुर्गेश थापाले । पछिल्लो समयमा एक पछि ।

अर्को गीत नेपाली गीत संगीत छेत्रमा हिट दिएका गायक दुर्गेशको यो गीत बिर गोर्खालीले पनि एक पटक फेरी नेपाली दर्शकहरुको मनमा छाप पक्कै पनि छोड्ने छ । देश भरी हुने सांगीतिक कार्यकर्ममा महिनाको ३० दिननै बेस्त हुने दुर्गेश थापा यो गीत बाट पनि निकै आशा गरेका छन् ।

उक्त गीतमा शब्द / संगीत / सुरेश रानाको रहेको छ भने आवाज दुर्गेश थापाको रहेको छ । संगीत सयोजन साहश शाक्य र भिडियोमा छायाकन भने अर्जुन तिवारीको टीमले गरेको छ भने भिडियोको निर्देशक अहिलेको चर्चित निर्देशक शिब बि क को रहेको छ ।

भिडियो सम्पादनमा मिलन बिश्वोकर्मा को रहेकको छ भने नेपाली संजालमा निकै रुचाएको बहु प्रतिभाको धनि रमेश पर्साइले पनि दुर्गेश थापालाई साथ दिएका छ ।

 

प्रकाशित मिति January 1, 2020

हामीलाई फेशबुकमा लाइक गर्नुहोस