सुहागरातको भोलिपल्ट घाँटी थिचेर आफ्नै श्रीमतीको ह… पूरा हेर्नुहोस

दिनहु नेपाल मा हत्या, दुर्घटना, बलत्कार, जस्ता घटनाहरु घटिरहेका छन । दिनहु हामिले एस्ता घटना हरु सुनिरहेका हुन्छौ । फेरि आज अर्को घटना घटेको छ । धादिङका एक ब्यक्तिले विवाहको भोलिपल्टै आफ्नै पत्नीको हत्या गरेका छन । गत मंसिर ९ गतेका दिन धादिङको सिद्धलेक गाउँपालिका ३ का २३ वर्षीय अर्जुन थापा मगरले आफ्नी बिस वर्षीय अनिशा तामाङलाई दुलहीका रुपमा भित्र्याएका थिए ।

मकावनपुरकी अनिशालाई बिहे गरेको भोलिपल्टै हत्या गरी शौचालयको सेफ्टी ट्यांकीमा लुकाएको कुरा बाहिर खुलेको हो । शव लुकाउन अर्जुनका काका छवि थापा मगर र आफन्त इन्द्रबहादुर थापाले सघाएको प्रहरीको भनाइ छ । मंसिर १० गते दिउँसोसम्म अनिशालाई देखेका छिमेकीले ११ गते बिहान भने घरमा नदेखेपछि अर्जुनलाई सोघखोज गरेका थिए । उनले माइतीघर गएको भनेर टारेका थिए ।

केही दिनपछि कुहिएको दुर्गन्ध आउन थालेपछि ओल्तिर पल्तिर का छिमेकीले सोधे, के हो यस्तो बेस्सरी गन्हाएको ? अर्जुन र उनका केही आफन्तले गोरु मरेको जवाफ दिएका थिए । वरिपरि कसैको गाईगोरु नमरेको र अनिशा धेरै दिनदेखि हराइरहेकाले उनको हत्या नै भएको छिमेकीले शंका गरे ।गाउँलेले थाहा पाएपछि घटनाबारे प्रहरीलाई सूचना दिइएको सिद्धलेक ३ का अध्यक्ष देवबहादुर पुलामीले बताए ।

प्रहरीका अनुसार अर्जुनले बिहे गरेर ल्याएको भोलिपल्ट नै राति घाँटी थिचेर हत्या गरेका हुन् । प्रहरीले अर्जुनसहित उनका आफ्नै काका छवि र आफन्त इन्द्रबहादुरलाई पक्राउ गरेको छ । यो खबर आजको कान्तिपुर दैनिकमा प्रकाशित छ ।

प्रकाशित मिति December 15, 2019

हामीलाई फेशबुकमा लाइक गर्नुहोस