प्रधानमन्त्री ज्यु! मृगौला पुनः फेर्नुस तर राष्ट्रको अस्मिता बेच्न पाईदैन-सचीव रावल

नेबि संघ त्रिभुवन विश्वविधालय समिति सचीव एवम् नेपाली कांग्रेस का उदयमान युवा नेता योगेन्द्र रावल ले राष्ट्र को सिमाना मिच्दै गर्दा प्रधानमन्त्री सुतिरहन नमिल्ने बताउनु भयो|

अरु बेला लाईन लागेर भारत पस्ने नेताहरु रास्ट्रको अस्मिता माथी नै धावा बोल्दा समेत बोल्ने आट नगरेको भन्दै सामाजिक संजाल मा-“नेपाल को स्वाभिमान सगरमाथा को शिर जस्तै अटल हुँदा-हुदै पनि हाम्रो जिन्दगी दुईछाक खाना खानको लागि खाडिमा जुठा भाडा माझ्दै बितिरहेको छ।

सम्माननिय प्रधानमन्त्री ज्यु! बरु बिमानस्थल थप दुई घण्टा जाम गर्नुस् ,हवाईजहाज रिजर्भ गर्नुस् ,मृगौला पुनः फेर्नुस् ,पोल-पोलमा नयाँ राष्ट्रवाद भन्दै तपाई को पोस्टर टास्नुस् ,तर भारत गएर समकक्षी भारतीय प्रधानमन्त्री नरेन्द्र मोदिलाई खुट्टा नकमाई भन्नुस् -नालापानी र लिपुलेख हाम्रा हुन् ।

स्वाभिमान नेपालीलाई कसैको दबाब स्विकार्य छैन| तब मात्र तपाई को अनि हाम्रो शिर उच्च हुनेछ अन्यथा सधै हास्यकलाकार को उपाधी पाईरहनु हुनेछ|”

प्रधानमन्त्री ओलिलाई ओलिको रास्ट्रवाद बालुवा को महल जस्तै नहोस् भन्दै राष्ट्रियताको पक्षमा कसैसँग नझुक्न आग्रह गर्नुभयो।

साथै सचिव रावल ले प्रधानमन्त्री ओलि लाई रास्ट्र नायक बन्ने कि खलनायक भन्ने तपाईं को आफ्नै हात मा छ,बिकल्प छान्न पनि आग्रह गर्नुभएको छ| प्रतिक्रिया दिन नबिर्सनुहोला । सक्दो सियर गर्नुहोला ।

प्रकाशित मिति November 7, 2019

हामीलाई फेशबुकमा लाइक गर्नुहोस